अझै भेटिनन् नदिमा बेपत्ता भएकी बालिका
जुम्ला ः तिला नदीमा खसेर बेपत्ता भएकी नौ वर्षीया बालिका भेटिएकी छैनन् । भदौँ २३ गते गुठीचौर गाउँपालिका– २ को चुच्चेबगर भन्ने ठाउँमा काठको लाप्को तर्दै गरेको अबस्थामा ९ वर्षीया बालिका वेपता भएकी थिइन । गुठीचौर गाउपालिका ३ गज्यांकोट गाउँकी सुस्मिता बुढा बेपत्ता भएकी थिइन् ।
बेपत्ता बालिकाको खोजी कार्यका लागि प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईसहित नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य गरेपनि फेला पार्न नसकिएको सशस्त्र प्रहरी बल जुम्लाका एसपी गगन श्रेष्ठले बताए । उनले गोता खोर (बोड) प्रयोग गर्दा पनि भेटाउन सकिएन । दिनभर पानी परेकाले पनि खोजी कार्यमा समस्या भयो ।
सुरक्षाकर्मीको ३७ जनाको खोज तथा उद्धार तिला नदीको दानसाँघुदेखि धौलमुडिसम्म र पुन ः धौलमुडिदेखि उमगाडसम्म रेप्टिङ बोड प्रयोग गरी स्थलगत खोजी कार्य गर्दा पनि नभेटिएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले बताए ।
गोकर्णाली टुर एण्ड ट्रर्भल्स जुम्लाका प्रवन्धक ललितजंग महतका अनुसार जिल्ला प्रशासन कार्यालय जुम्लाले नदीमा बेपत्ता भएकी बालिकाको खोज तथा उद्धारका लागि रेप्टिङ बोड उपलव्ध गराउन भनेपछि उपलव्ध गराएकीको हो । विशेषगरी जुम्लामा पर्यटन प्रवर्धनका लागि प्रयोगमा आउदै गरेको रेप्टिङ बोड पछिल्लो समय बाढीपहिरोबाट प्रभावित भएका नागरिकको खोज तथा उद्धारका लागि पनि प्रयोग हुदै आएको छ ।
नदीमा बेपत्ता कालिकाकी दिदी टीका बुढाका अनुसार जंगलमा काठे ओखर टिप्न भनेर चारजना गएका थियौँ । बाढीले खोला बढेको थियौँ । उनले भनिन् खोला तर्ने क्रममा काठको फड्केबाट खसेर बेपत्ता भइन् । कर्णाली पोष्ट दैनिक








