महिला माथी कुटपीट गर्ने ब्यक्ति प्रकाउ

जुम्ला ः शनिबार जुम्लाको सिंजा गाउँपालिका– २ धिताललिही कि ३३ वर्षीय सत्यावती धितालमाथि कुटपिट गर्ने ब्यक्ति प्रकाउ परेका छन । उनीमाथी कुटपीट तथा अपशव्द बोल्ने व्यक्ति थानीय कर्मराज धिताल बिरुद्ध उजुरी दर्ता भएको हो । कुटपिट गरेर अपशव्द बोल्ने व्यक्ति स्थानीय कर्मराज धिताल प्रकाउ समेत परेका हुन । उनीसहति उनकी श्रीमती, भाइ बुहारी सहित चारजनाले निर्घात कुटपीट गरेको सत्यावती धितालको अरोप छ ।
प्रहरी कर्मराज धिताललाई प्रकाउ गरि अनुसन्धान अगाडी बढाएको छ । भने तिनजना लाई तारेकका छोडेको बताएको छ । सत्यावतीको प्रतिष्ठानमा उपचारपछि स्वास्थ्यमा सुधार आयो । उनका श्रीमान धर्मचन्द्र धिताल आइतबार जुम्ला पुगे ।विनाकारण श्रीमतीलाई कुटपिट र दुर्व्यवहार गरेको भन्दै मंगलबार जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएको बताए । २०७६ मंसिरमा सिंजा गाउँपालिकाबाट १५ लाखको सिंचाइ योजनामा आयो । जेठाजु (सिंजा – ३ का अन्दाजी ३८ वर्षीय पुरुष कर्मराज धिताल)ले मलाई कोषाध्यक्ष बस्नु पर्यो भन्नु भयो । मैले घरमा काम गर्ने मान्छे छैन भने । जेठाजु (जसले उनीमाथि निर्घात कुटपिट गरे)ले भन्नुभयो तिमीले काम गर्नु पदैन् समितिमा बसे मात्रै हुन्छ । अरु काम गरेको पैसापछि दिन्छु भनेर भन्नु भयो । खाता खोल्नको लागि नागरिकता माग्नु भयो । नागरिकता मसँगै थिएन । मतदाता नामावली थियो । त्यहीं दिए । काम हुँदो रहेछ । काम भइसकेपछि जेठाजुले भन्नुभयोे बुहारी मैले त्यो कामको ठेक्का अरुलाई नै दिए । तर, पैसा भने आउँछ । चिन्ता नगर्नु भन्नु भयो । मलाई एउटा चेकमा हस्ताक्षर गर्न लगाउनु भयो ।‘त्यो पैसाको आशा भर मलाई थिएन । १५ लाख पैसा कहाँ गयो त्यो पनि थाहा छैन । बिहिबार (यहीं साताको) गाउँमा सहकारीको बैठक बस्यो । सरकारीले नागरिकता माग्यो । त्यो भएन भने नामावली (मतदाता परिचयपत्र) हुन्छ भन्यो ।मैले उहाँसँग (कुटपिट गर्ने) जेठाजुसँग नामावली मागे । उहाँले सुरुमा घरमा गएर लैजानु भन्नु भयो । घरमा गए जेठाजुले भोटकार्ड (मतदाता परिचयपत्र) ल्याउनु भएको थियो । सहकारीमा चाहिँएको छ, लिन आएको हुँ भने । घरपरिवारले छैन भने ।त्यसपछि घर आइसके । शनिबार (कुटपिट गर्ने) धितालसँग जेठाजु मेरो भोटकार्ड घरमा छैन भन्नु भयो । कहाँ राख्नु भएको छ ।

दिनु पर्यो । सहकारीमा चाँहिएको छ । भनेर भने । त्यसपछि जेठाजुले रिसाउँदै ‘मतादाता नामावली मसँग छैन । मसँगै छ भन्ने प्रमाण के छ ? रन्डी, वेश्या’ भन्दै अपशव्द बोल्नु भयो । मैले केही बोलिन तीनि (श्रीमान) आएपछि कुरा गरौंला भनेर । घर जाँदै गर्दा यसलाई मार्नुपर्छ भनेर आफ्नो परिवारलाई बोलाउनु भयो । मलाई आक्रमण गर्न सुरु भयो । मलाई सबैले कुट्नु भयो । त्यसपछि म अचेत भइसकेको थिए । मलाई भतिजीले अस्पताल ल्याउनु भएछ । मेरो स्वास्थ्य सुधार भएपछि उजुरी दर्ताका लागि प्रहरी कहाँ पुगेको थिए । यता जुम्ला प्रहरी निरिक्षक युवन चौधरीले उजुरी दर्ता भएर अनुसन्धान अगाडी बढाएको बताए । उनले भने , प्रहरी ‘घटनका स्थलमा गएर बुझेर उजुरी दर्ता गरेको हो । प्रहरीले गहिरो अनुसन्धान गर्छ , पीडितलाई न्याय पाउको अनुभुती हुुन्छ । कर्मराज धितालको कुटपिट काण्ड यो पहिलो होइन ।यस विषयमा अधिकारकर्मी, सरोकारवालाहरु मौन छन् ।

सम्बन्धित समाचार