जुम्लाका १ उपाध्यक्ष सहित ४४ जनप्रतिनिधि एकीकृत समाजवादीमा
जुम्ला ः नेकपा (एमाले)बाट निर्वाचित जुम्लाका ४४ जना प्रतिनिधिले एमाले परित्याग गरी एकीकृत (समाजबादीमा) पार्टीको पक्षमा सनाखत गरेका छन् । सिंजा गाउँपालिकाकी उपाध्यक्ष र ११ जना वडाध्यक्ष सहित जुम्लाका ४४ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेका हुन् । २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित जम्मा संख्या ९५ जना रहेकोमा ४४ जनाले एकीकृत समाजबादी पार्टीको पक्षमा सनाखत गरेको जिल्ल निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले बताए । निर्वाचन कार्याल उनले भने ,निर्बाचनकार्यालयमा सनाखत गर्न आएको तथ्यांक अनुसार २०७५ सालमा नेकपा एमालेबाट अध्यक्ष १ जना उपाध्यक्ष १ जना वडाध्यक्ष १७ जना,महिला सदस्य १८ जना, दलित सदस्य १३ जना र अन्य ४५ जना गरी ९५ जना निर्वाचित भएका थिए । जसमा एक जना उपाध्यक्ष र ११ जना वडाध्यक्ष सहित ४४ जनाले समाजबादी पक्षमा सनाखत गरेका छन् । भने, नेकपा एमाले नेता धिरेन्द्र गिरीका अनुसार ९५ जना जनप्रतिनिधि मध्य २ जनाको मृत्यु भएको र ३ जनाले पार्टी परित्याग गरेको एकीकृत समाजबादी पार्टीका नेता आदीप्रसाद न्यौपानले बताए ्। उनले भने बाँकी ९० जनामा लिष्ट रहेको बताउदै उनले कतिले समाजवादीमा सनाखत गरे भन्ने जानकारी नभएको समेत बताए । उनले भने पार्टी परित्याग गर्नेमा श्रीकृण कामी सदस्य ,गंगा थापा सदस्य र सुस्मिता कठाय सदस्य रहेका छन । न्यौपानेका अनुसार ९० जनमा ४४ जनाले सनाखत गरेको र बाँकी ६जानाले सनाखत गर्न पाएका छैनन , । जसमा भैर बहादुर रोकाया हिमागाउपालिका ,हरि प्रसाद श्रेष्ठ बजार ,जनक थकाली कार्यपालिका सदस्य गोठीचौर, गोर्ख एैडी गोठीचौर, ,लक्ष्मी रोकाया ,सरा रावतले सनाखत गर्न नभ्याएका हुन । एकीकृत समाजबादी पार्टीका नेता न्यौपानेले भने एकीकृत समाजबादी पाटीका , ६जना मध्य एक जना बिरामी भएको एक जनाको नागरिकता नभएको र ४ जना जिल्ला बाहिर रहेकाले सनाखत गर्न नसकेको बताएका छन । उनले ५० जना जनप्रतिनिधिले समाजवादी रोजेको बताए ।
समाजवादी पार्टीमा सनाखत गर्नेमा सिंजा गाउँपालिका उपाध्यक्ष जन्मकन्या खत्री रहनु भएको छ । भने, गुठिचौर १ का वडाध्यक्ष गणेश एैडी,गुठिचौर २ का वडाध्यक्ष पृथ्वी बहादुर बुढा, चन्दननाथ नगरपालिका ८ का वडाध्यक्ष नरजित दमाई,चन्दननाथ ६ का वडाध्यक्ष अज बहादुर रावल,चन्दननाथ ७ का वडाध्यक्ष नरविर रावलले समाजबादी पार्टीमा सनाखत गरेका हुन् ।
त्यस्तै,कनकासुन्दरी गाउँपालिकाका वडा नं. ७ का वडाध्यक्ष धनजीत रोकाया,सिंजा गाउँपालिकाका वडा नं. ४ का वडाध्यक्ष धनबहादुर बुढा, सिंजा ५ का वडाध्यक्ष मुन बहादुर रावत,हिमा गाउँपालिकाका वडा नंं २ का वडाध्क्ष नैनसिंह बुढा, हिमा ३ का वडाध्यक्ष सर्पजीत भण्डारी, र पातारासी गाउँपालिकाका वडा नंं ७ का वडाध्यक्ष लाल बहादुर बुढाले गरी ११ जना वडाध्यक्षले एकीकृत समाजबादी पार्टीमा सनाखत गरेको एकीकृत समाजबादी पार्टीका नेता आदीप्रसाद न्यौपानले बताए । ।सनाखतपछि बोल्दै गुठिचौर गाउँपालिका १ का वडाध्यक्ष गणेश एैडीले पार्टीको विधि विधान र पद्धती विपरित काम गर्ने केपीको पक्षमा लाग्नेहरुको भविष्य नरहेकोले सामाजबादी रोजेको बताए । उनले भने,“दुई पटक संसद विघटन देखि पार्टीभित्र दम्भ र अंहकारले चरम सिमा नाघेपछि अन्नत पार्टी फुट्यो । पार्टी भित्र मनपरी गर्ने,राज चलाउन खोज्नेको पछि गएर भविष्य देखिन । त्यसैले हामी सबै जनप्रतिनिििधले एकीकृत समाजबादीमा सनाखत गरका हौ ।








