जुम्लाका मासु पसल अनुगमनः ४५ हजार बराबरको माशु जफत

जुम्ला ः जुम्ला बजारका माशु पसल अनुगमन गरिएको छ । जिल्ला प्रशासनकार्यालय जुम्लका साहयक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलाईको नेतृत्वको टोलीले अव्यवस्थित रुपमा संञ्चालन भएका मासु पसल अनुगमन गरेको हो । माछामासु व्यवसायीलाई एक पटक सुझाव समेत दिएइको छ । फेरी पनी ब्यवसायिकले अडेरी गरेको खण्डमा कारबाही गर्ने बताइएको छ । अनुगमन टोलीले जुम्ला बजार , भारती वाडा ,कार्कीवडा ,कालीखोली र ऐपोर्ट सम्म संञ्चालित फ्रेसहाउस , माशु पसल र दैनिक खाद्यबस्तुको अनुगमन गरेको थियो । त्यसक्रममा अव्यवस्थित तथा खुल्ला स्थानमा राखेर बिक्री गर्दै गरेको अवस्थामा तिन जना व्यवसायीको मासु र एक जनाको माछा जफतसमेत गरिएको छ ।

 

खुल्ला ठाउँमा मासु बिक्री गर्दै गरेका तिन जना व्यवसायीको पसलबाट राँगा र भैसीको एक क्विन्टल मासु र ८ किलो माछा जफत गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले बताए । उनले भने ,पहिलो पटक कारबाही भन्दा पनि व्यवसायीलाई सुझाब दिएका थियौ । ‘हामीले यस अघिको अनुगमन गर्न आउदा खुल्ला नालामाथि माछा मासु बिक्री नगर्न भनेका थियौ । ब्यपारीले नै अटेर गरे पछि जफत गर्न बाध्य भएका छौ । सडेको गलेको माशु खुल्ला रुपमा बिक्री गर्दा उपभोक्ताको स्वास्थ्यमा हानी पु¥याउने भन्दै उपभोक्ताको हकहितका लागी हामीले बिरोधगरेका हौ । माछामासु बिक्रीलाई व्यवस्थित गर्न नगरपालिकाको पनी जिम्मेवारी हो । तर सेडेगलेको माशुले बजार दुगन्दीत बनाउदा पनी नगरपालिका रमिते बनेको छ । ब्यपारीले खुल्ला रुपमा बजेको कुइएको माशु र महिनौ देखी नगरपालिकाले नउठाएको फोहरले बजार झन दुगन्दीत बनेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिबिजन कार्यालय जुम्ला , उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय ,नागरिक समाज ,उद्योग बाणिज्यसंघ ,लागायतको संयुक्त बजार अनुगमन टोलीले आइतबार बजारका ६ वटा मासु पसल लगायत १८ वटा पसल अनुगमन गरेको छ। अनुगमनका क्रममा तिनवटा माशु पसलेले सडेर किरा परेको माशु बिक्रिबितरण गरेको पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिबिजन कार्यालय जुम्ला प्रमुख अमृत सुमान भुसनले बताए । उनका अनुसार ६९ हजार सात सय ४० रुपौयाको सामान नष्ट गरिएको छ । जस मध्य ४५ हजार रुपैयाको सडेको माशु जफत गरिएको हो । कुइएको माशुले बजार दुर्गन्दीत बनाएपछि उक्त मासुलाई खाण्डो खानेर गाडीएको छ ।
अखाद्य वस्तु बेच्ने दुई किराना पसललाई जरिवाना गरिने

जुम्लामा म्याद जुग्रेका अखाद्य बस्तु बेचेको खण्डमा पसल सञ्चालक जरिवाना गरिने प्रशासनको चेतावनी दिईएको छ । आइतबार दिउँसो छड्के अनुगमनमा निस्केको टोलीले अखाद्य वस्तु बेचेर उपभोक्ताको स्वास्थ्य संवेदनसिलतामाथि खेलवाड गरेको खण्डका काबार्हही गरिने चेतावनी दिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला अनुगमन समिति र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिबिजन कार्यालय जुम्ला , उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय ,नागरिक समाज ,उद्योग बाणिज्यसंघ ,लागायतको संयुक्तटोलीले गरेको अनुगमनमा उपभोक्ता ठगेको पाइएको थियो ।

उपभोक्ताको गुनासोका आधारमा खाद्य तथा गुण नियन्त्रण डिभिजन प्रमुख, प्रहरी , पत्रकार लगायत सरोकारवाला निकायले छड्के अनुगमन गर्दा अखाद्य वस्तु बेच्ने गरेको तथ्य फेला परेको छ । यस पटक सुझाव दिएयर छोडीएको छ । आगामी दिनमा पनी यसैगरी अखाद्य बस्तु बिक्रिबितरण गरेको भेटिए कारबाही गरिने सहायक प्रजिअ नन्दराम चौलाइले बताए । उनका अनुसार जुम्लाका प्राय. ठुला किराना पसलहरुमा म्याद गुज्रेका अखाद्य बस्तु बेच्ने गरेका छन । जुम्लामा पटकपटक म्याद गुज्रेका खाद्यान्न बेचेर जनताको स्वास्थ्यप्रति गम्भीर खेलवाड गर्र्नेे व्यापारीहरुले लापरबाही गरेको भेटिन्छ । सहायक सिडिओ नेतृत्वमा रहेको जिल्ला अनुगमन समितिले यसअघि पनि पटकपटक बजार अनुगमन गर्ने गरेको थियो ।

अनुगमनका क्रममा कतिपय व्यापारीले म्याद गुज्रेका अखाद्य वस्तु बेच्ने गरेको पाउँदा जफत गरेर नष्ट गर्ने गरे पनि नगद जरिवाना गर्ने गरिएको छैन । यसअघिका अनुमगनमा गल्ती गर्नेलाई आगामी दिनमा गल्ती नगर्न चेतावनी दिदै छाड्ने गरेकोमा यस पटक पनी ब्यापारिले यस्ता क्रियाकलाप गरेका हुन । अनुगमनको क्रममा विस्कुट, कुर्मुरे, लेज, भुजि जस्ता जंक फुड (तयारी खाजा)हरु म्याद गुज्रेको अवस्थामा भेटिएका थिए । ती सबै सामग्री नष्ट गरिएको प्रशासनले बताएको छ । प्रशासनले अखाद्य बस्तु बेच्नुका साथै खाद्यान्नमा कालाबजारी गर्ने तथा कृतिम अभाव सिर्जना गर्ने गरेको जस्ता कार्यगरेको पाइएमा व्यापारीमाथि कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।