हिमा गाउँपालिकामा भौतिक रूपमै पढाई शुरु

दिलमाया शाही
भदौ २१ गते जुम्ला ः जुम्लाको हिमा गाउँपालिकाले पठनपाठन शुरु गरेको छ । गाउँपालिकाले भदौ १५ गतेबाट सबै विद्यालय संचालनमा ल्याएको बताएको हो ।
गाउँपालिकाको शिक्षा शाखा प्रमुख शंकर धितालका अनुसार गाउँपालिकाको दुई क्षेत्रमा ८२ जनाको कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएको बताए । हिमा गाउपालिका कोेरोना रहति भए पछि कार्यपालिको वैठकको निर्णय अनुसार विद्यालय स्वास्थमापदण्ड पालन गर्ने गरी खुलाईएको हो । जिल्ला प्रशासन कार्यालयले शिक्षा शाखा प्रमुखहरुको उपस्थितिमा विद्यालय सुचारु गर्ने आधारको बिषयमा आयोजना गरिएको वैठकमा विद्यालय सुचारु गरिएको शाखा प्रमुख धितालले बताए । स्थानीय तहको निर्णय अनुसार यहि भदौ १५ गतेवाट आफ्नो विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरी खुर्लाइएको कालिका माध्यामिक विद्यालयका शिक्षक खम्वा शाहीले बताए । यसैगरी जिल्लाका स्थानीय तहका शिक्षा शाखा प्रमुखहरुले कोरोना महामारीका विचमा शिक्षा क्षेत्रमा भईरहेका गतिविधि र विद्यालय सचालन गर्ने बिषयको छलफल गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले शिक्षा शाखाले एक हप्ता भित्र शिक्षा क्षेत्रको जोखिम प्रतिकार्य योजना ल्याउने निर्णय भएको दिइन । उनका अनुसार यस अघि जिल्ला कोभिड व्यवस्थापन समितिले पनि निर्णय गरेपनि शिक्षा शाखालाई जिम्मेवारी दिएर एक सातामा जोखिम कार्ययोजना सहितको प्रतिवेदन पेश गर्ने निर्देशन गरिएको हो ।
वैठकमा शिक्षा शाखा प्रमुखहरुले शिक्षा क्षेत्र धरापमा परिसकेकाले स्वास्थ्य क्षेत्रको मापदण्ड पालना गरेर विद्यालय खुलाउनुपर्नेमा जोड दिएका छन् । उनिहरुले विद्यार्थीहरु मेला, पर्व र अन्य काममा जाने भएकाले त्यहाँ भन्दा बिद्यालयमै सुरक्षित हुनेमा सूझाव दिएका छन् ।
सरकारले पछिल्लो समयमा स्मार्ट लकठाउन कार्यविधि २०७८ समेत बनाएको छ । स्वासथ्यको मापदण्ड अनुसार हरेक साता कोरोना परीक्षण गरेर एक सय जनामा परीक्षण गरेमा ५ जना भन्दा मुनी पोजेटिभ आएमा मात्रै विद्यालय सुचारु गर्न पाईने मापदण्ड रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका अस्पताल निर्देशक डाक्टर राजिव शाहले बताए ।उनका अनुसार त्यो कार्यविधिका बिषयमा स्थानीय तहमा छलफल वहश र सचेतना आवश्यक रहेको छ ।

शिक्षा समन्वय ईकाई प्रमुख मकरबहादुर भण्डारीका अनुसार प्राय शिक्षकहरुले खोप लगाई सकेको भन्दै छुटेकालाई अनिवार्य खोप लगाउने व्यवस्था गर्न अनुरोध गरे । यसैगरी चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाले ८ वटा विद्यालयमा कोरोना परीक्षण गरिएको स्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताए ।