जुम्लाका ५८वटै वडामा नेपाली कांग्रेसको नेतृत्व चयन

जुम्ला ः सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु भएको छ।यसै क्रममा जुम्लाका ५८ वटै वडामा सहमतिका आधारमा नेतृत्व चयन गरिएको हो । कांग्रेसका युवा नेता तथा संगठन विभाग प्रमुख लक्ष्मण शाहीका अनुसार शुक्रबार बाट वडा अधिवेशन सहमतिका आधारमा हुदै आएको छ ।
‘वडा तहदेखि अधिवेशनको प्रकृया आरम्भ भएर केन्द्रीय महाधिवेशनसम्म एउटा आकर्षक सांगठनिक पिरामिड निर्माण हुने गौरवशाली वैधानिक परम्पराको श्रीगणेश शुक्रबारबाट सुरु भएको नेपाली ककाँग्रेश जिल्ला कार्यासमितले बताएको छ । जुम्ला जिल्लाका ५८ . वटै वडामा सहमतिका साथ अधिवेशन सफल भएको छ।’ बाँकी दुइ वडामा पनि सहमति, सहकार्य र एकताका साथ अधिवेशन सफलता पूर्वक सम्पन्न गर्ने पाटी सचिब कार्मा बुढाले बताए । ‘वडा तहदेखि नै पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धालाई मित्रवत् बनाउँदै आपसि एकता र विश्वासमा आधारित नेपाली कांग्रेसको आगामी गति र परिचालनले मुलुकको भाग्य र भविष्य कोर्नु पर्ने छ। लोकतान्त्रिक व्यवस्थाको औचित्य र गरिमालाई उच्च राख्नु पर्नेछ। पार्टी, लोकतन्त्र र सिंगो राष्ट्रको वहु–आयामिक भविष्य निर्माणको जगमा उभिएका तमाम क्रियाशील साथीहरूको सुझबुझपूर्ण निणर्यप्रति म धेरै खुशि छु।
५८ नेतृत्व चयनगर्दा एकजना मात्रै सभापतिमा महिला
सत्तारुढ दल नेपाली कांग्रेसले जुम्लाका ६० वडा मध्य ५८ वटा वडामा मा नयाँ नेतृत्व चयन गरेको छ । जसमा एक जना वडा सभापतीमा मात्रै महिला छन । राज्यले राजनितिमा महिला सहभागीता ३३ प्रतिशत कायम गरेको छ । तर सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा ६० वडामा एक जना महिला सभापती भएकी छन । सभापतीमा चयन हुनेमा जुम्लाको तिला गाउँपालिका २ की सिता रावत हुन । उनी शुक्रवार सम्पन्न वडाअधिवेशनबाट काँग्रेस नेता कार्यकर्ताले २६ बर्षिया सीता रावतलाई निर्विरोध वडा सभापतिमा चयन गरेका हुन ।
सानै उमेरमा नेवि संघको राजनीतिमा लागेकी सीता पछिल्लो समयमा निस्क्रिय जस्तै थिइन ।तर उनी दइ बर्ष देखि खुला राजनीतिमा आइन । ‘मैले इन्टर सम्म पढेर खेति किसान गर्दै आएको छु । यो पटक सबै नेता कार्यकर्ताले पत्याएपछि वडा सभापतिको जिम्मेवारीमा पुगेको छु,सीताले भनिन्,‘अब वडाको काँग्रेस पार्टीको भविष्य बनाउने जिम्मेवारी आइपुगेको छ । सफलतापुर्वक पुरा गर्ने अठोट गरेकी छन । उनको माइतीघर हिमा गाउँपालिका ५ हो । उनी अहिले तिला गाउँपालिका २ लर्मी गाउँमा बस्दै आएकी छिन ।
जिल्ला सभापतिको लागी रस्साकस्सी
नेपाली कांग्रेसको वडा तहको अधिवेशनमा सर्वसहमतिमा नेतृत्व चयन भएपनि जिल्ला सभापतिमा भने नेता कार्यकर्ताको रस्साकस्सी हुने देखिएको छ । जिल्ला सभापतिमा वर्तमान सभापति दिपबहादुर शाही, पार्टी सचिव कर्णबहादुर शाही, नेता खड्क सेजुवाल, पूर्व वनमन्त्री भक्तबहादुर रोकाया, लंकबहादुर शाही र चन्दननाथ नगरप्रमुख कान्तिका सुजुवालको नाम चर्चामा रहेको छ ।
जिल्ला अधिवेशन नजिकिदै गएपछि जिल्ला सभापतिको लागि आधा दर्जन आकांक्षी नेताहरुको नाम चर्चामा आएको हो । सभापतिको तयारीका लागि कार्यकर्ता भेटघाट तथा नेतासँग लबिङ गरिरहेको पाइन्छ ।
१४ औँ अधिवेशनमा वर्तमान सभापति शाहीले दोहोरिने इच्छा देखाएका छन् । पौडेल पक्षले शाहीलाई एकल उम्मेदवारको रुपमा उभ्याएको छ । उनी पौडेल पक्षबाट एकल उम्मेदवार मानिन् छन् । यता पार्टी सभापति देउवा प्यानलबाट पाँचजना आकांक्षी देखिएका छन् । सचिव कर्णबहादुर शाही, खड्कबहादुर सेजुवाल, भक्तबहादुर रोकाया, लंकबहादुर शाही र कान्तिका सेजुवाल आकांक्षी देखिएको नेपाली काँग्रेस जुम्लाले जनाएको छ । आकांक्षी धेरै देखिए पनि अन्तिममा सभापति शाही र सचिव शाही नै भिड्ने बढी सम्भावना देखिएको छ ।
अहिले दुबै पक्षले कार्यकर्ता भेटघाटलाई तीब्रता दिएका छन् । पौडेल पक्ष निकटले पार्टी सचिव कर्णबहादुर शाही पर्यटक नेता भएको भन्दै स्वीकार्न नसक्ने बताउँदै आएको छ । उनी सचिव भइसकेपछि जिल्ला बसेनन् । जुम्लामै रहने नेता कार्यकर्ताले काठमाडौँमै बसेर नेताको वरिपरि घुमेर पर्यटक नेताका रुपमा अधिवेशनमा नेतृत्व दाबी गर्न आएकोले यो निरन्तर पार्टीको काममा लागेका नेता कार्यकर्तालाई निरुत्साहित बनाउने कार्य भएको बताउँदै आएका छन् । यहाँ दिनरात पार्टी भनेर काम गरिरहने कार्यकर्ता मर्कामा पर्ने पौडेल पक्षधर बताउँछन् ।
जिल्ला सभापतिको आकांक्षी धेरै देखिएपछि कार्यकर्ताले सहमति गरेर सर्वसहमतीय नेतृत्व चयनका लागि दबाब दिन थालेका छन् । कार्यकर्ताले दीपबहादुर शाही र कर्णबहादुर शाही दुबै आफ्नो कार्यकालमा सन्तोषजनक कार्य नगरेको भन्दै असन्तोष पोल्न थालेका छन् । यी दुबै आकांक्षी उस्तै हुन् । तर तुलनात्मक रुपमा दीपबहादुर शाही जुम्लामै रहेर काम गरेकोले कार्यकर्ताले बढी मान्ने गरेका कार्यकर्ताले बताउदै आएका छन् ।
तत्कालिन काँग्रेस सभापति मानव सेजुवालको निधनपछि शाहीले कार्यबाहक सभापतिको रुपमा पार्टी चलाउँदै आएका थिए । यो दुई कार्यकाल बितिसकेकोले सभापति शाहीले नयाँ व्यक्तिलाई अवसर दिनुपर्ने कार्यकर्ताको धारणा छ ।
सिँजा गाउँपालिका अध्यक्ष तथा काँग्रेस नेता देवलसिंह रावल कार्यकर्ताको मनोभावना बुझ्ने, पार्टीको लागि ज्यान दिने र जनताप्रेमी नेतृत्व अहिलेको आवश्यकता रहेको बताउँछन् । उनले भने, ‘सभापतिको लागि जिल्लामा दुई खेमा देखिन्छ । पार्टीलाई माया गर्ने र संकटमा पार्टी हाक्ने नेतृत्व चयन हुनुपर्छ । सबैको साँझा नेतृत्व अहिलेको अपरिहार्यता हो ।’
त्यस्तै दीपबहादुर शाही जुम्लामै बसे पनि राम्रो काम हुन सकेनन् । उनी कार्यकर्ताको मनमुटुमा बस्न नसकेको आरोप छ । सचिव शाही काठमाडौँ बसेपछि जिल्लामा लगाब देखिएन । यो कार्यकाल उनी कार्यकर्ता बीचमा रहेनन् । कार्यकर्ता माझ नहुने नेताले पार्टीको हित र प्रगति गर्न सकिँदैन भन्ने एकथरीको बुझाई छ ।
वडा अधिवेशन सकिदै गरेको अवस्थामा छ । अब दुइ वडामात्रै बाँकी छन । वडामा पनि आफ्नो अनुकुलताका आधारमा नेतृत्व चयन गर्ने कार्य भइरहेको छ । सभापति दीपबहादुर शाहीले भने, ‘ योपटक पनि म सभापतिको आकांक्षी हो । कार्यकालमा बाँकी रहेका अधुरा काम पूरा गर्नुछ ।’
जुम्लामा काँग्रेसभित्र दुई गुट छ । देउवा गुटभन्दा पौडेल गुट बलियो मानिन्छ । उनले भने, ‘आशा छ, मेरो नेतृत्वमा सहमति जुट्नेछ । यदि त्यसो नभएको खण्डमा पौडेल प्यानलबाट चुनावी पक्रियामा भाग लिएर भएपनि सभापतिमा लड्ने तयारी भइरहेको छ । म त्यो प्यानलको एक्लो उम्मेदवार हुनेछु । साथै नेता कार्यकर्ताको साथ पाउने छु ।’
भदौ २७ गते गाउँपालिकास्तरीय अधिवेशन, असोज १ गते प्रदेश क्षेत्रस्तरीय अधिवेशन र असोज ५ गते जिल्ला अधिवेशन हुन लागेको छ । नेपाली काँग्रेसभित्र अहिले गुटगत छुट्टाछुट्टै छलफल र बहस सुरु हुन थालेका छन् ।
अहिलेका सचिव तथा सभापतिका आकांक्षी कर्णबहादुर शाहीले दुई महिना अघि सभापतिको उम्मेदवारी घोषणा गरेको बताए । उनले भने साथीभाई नेता कार्यकर्ताको सल्लाह र सुझाबमा उम्मेदवारी घोषणा गरिएको हो

 

 

सम्बन्धित समाचार