रुदाँ रुदै बेहुलीको मृत्यु
एजेन्सी : विवाहमा बेहुली रुने चलन धेरै पहिलेबाट चलिआएको हो । हिन्दू परम्परा अनुसार विषेशगरी दुलही वा छोरीलाई बिदाई गर्ने क्रममा रुवाबासी हुने गर्छ । छोरीलाई पराइघर पठाउने बेलामा माइती पक्ष रुने चलन अझै बिध्यमान छ ।
घटना भारतको ओडिसा राज्यको हो । ओडिसाको सोनपुरमा भएको घटना अनुसार माइती घर छाड्ने बेला बेहुली धेरै रुदाँ बेहुलीको मृत्यु भएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार यो घटना ओडिसाको सोनपुरको हो । मुरली साहुको छोरीको बलांगीर जिल्लाको टेटलगांव निवासी बिसीकेसनको साथमा विवाह भइरहेको थियो । विवाहको सम्पुर्ण कार्यक्रम हुँदै गएर विदाईको समय भएको थियो ।
धेरै रुदाँ रुदाँ बेहुली बेहोस भएर भुईमा लडिन्। त्यसपछि उनलाई स्वास्थ्य चौकी लगियो तर उनी बाच्न सकिनन्। उनको हृदयघात भएको ज्यान गएको डाक्टरले बताएका छन्।
घटनापछि गाउँमा शोकको वातावरण बनेको छ। रिपोर्टअनुसार बिहीबार राती स्वर्गीय मुरलधिर साकी छोरी रोजी साको बिसिकेसन प्रधानसँग विवाह भएको थियो।








