एमसीसी कुनै पनि हालतमा पारित हुदैन ः नेता वास्तोला

जुम्ला ः बिप्लव नेकपाका केन्द्रीय सचिवालय सदस्य धमेन्द्र वास्तोलाले कुनै पनि हालतमा एमसीसी लागु हुन नसक्ने बताए । पार्टी कार्यकर्ता प्रशिक्षणका क्रममा जुम्ला पुगेका नेता वास्तोलाले पत्रकार संगको भेटघाटमा यस्तो बताएका हुन । उनले एमसीसी सामुहिक हीत र स्वार्थको लागि भन्दा पनि व्यक्तिगत फाइदाका लागि लागु गर्न खोजिएको भन्दै यो पारित हुन नदिने बताए । ,एमसीसीले नेपाललाई कंगाल बनाउने निश्चित छ । उनले भने,‘अहिले अफगानिस्तानमा जुन प्रकारको विद्रोह छ। त्यही आतंक नेपालान फैलिने छ। अमेरिकाले नेपाललाई एमसीसीका माध्यमबाट ठिक त्यही गर्न चाहेको छ । सबै मिलेर एमसीसी लागु गर्न दिनु हुदैन । यो नेपालको हितमा पनि छैन । ’यो हाम्रो पार्टीको लागि स्वीकार्य हुदैन । समग्र नेपाली जनता एमसीसीको विरुद्ध छन । ’उनले एमसीसीका पछाडी दुर्भाग्यका संकेतहरु देखिन थालेको बताए । नेपालमा विदेशीको प्रभुत्व छ । अमेरिकाको एमसीसी छ । भारत त्यसैको पछाडी दौडिएको छ । नेपाललाई आधारभुमि बनाएर छिमेकीका शक्तिशाली देशलाई टुक्राटुक्रा बनाउने रणनीति अमेरिकाको छ । उनले भने,’‘सिंगो देश एकातिर छ । एमसीसी पारीत भएको खण्डमा देशमा ठुलो क्रान्ति हुने सम्भावना छ ।
उनले सरकार संग भएको तीन बुदे सहमति कार्यन्वयन हुनु पर्नेमा जोड दिए । शान्ति प्रक्रियामा आउँदा भएका सहमति कार्यन्वयन गरेर कैदीलाइ रिहाइ गर्न माग गरे । सरकारले सहमतिलाई कार्यन्वयन गर्नुपर्छ । यो सहमति गोप्य होइन । सबैलाई साछी राखेर गरेको सहमति भएकोले कार्यन्वयन नगरि सुख हुदैन । उनले भ्रष्टचार, वेतिथी,अनियमितता, विकृति,विसंगति अन्त्यका बिषयमा सरकार संग सहकार्य हुनसक्ने बताए । जुम्लामा रहँदा नेता बास्तोलाले नेपालको राजनीति समस्या र समाधान बिषयक अन्तरक्रिया कार्यक्रम गर्ने बताए ।

नेपालमा बैज्ञानिक समाजबाद स्थापना विप्लपको पहिलो एजेण्डा हो
नेता धर्मेन्द्र बास्तोलाले नेपालको राजनीतिक समस्या समधान नभई विप्लप पार्टी कुनै पनि सरकारमा नजाने बताए । विप्लपका नेता बास्तोलाले मुख्य समस्या भनेकै वर्तमान राजनीतिक समस्या भएकाले संसदीय व्यवस्थाको अन्त्य र बैज्ञानिक समाजबादको स्थापना नगरी विप्लव सरकारकामा सहभागी नहुने दाबी गरे । नेपालका प्राकृति स्रोत बेचविखन हुदैछन् । एमसिसि ल्याउन खोजिदैछ । जसले नेपालको विकास भन्दा विनास गर्ने निश्चित छ ।
वर्षौदेखि प्रतिबन्द रहेको विप्लव पार्टीलाई केपी सरकारले शान्ती प्रक्रियामा ल्याउने प्रयास स्वरुप ३ बुदे सहमती सहित हामी शान्ती प्रक्रियामा आयौ ।

नेता बास्तोलाले थपे,“३ बुदे सहमतीको पहिलो बुदामा नेपालको वर्तमान राजनीतिक समस्यालाई शान्तीपुर्ण आन्दोलन,वार्ता,तथा संबादका माध्यबाट टुंगाउने सम्झौता भएको छ ।हामीले नेपालका सबै दल संग बैज्ञानिक समाजबाद स्थापनाका लागि एकखाले परामर्श छलफल पनि शुरु गरिसकेको समेत विप्लव नेता बास्तोलाले बताए ।बैज्ञानिक समाजबाद स्थापनाका लागी नेपालका सम्पुर्ण कम्युनिष्ट पार्टीहरु एकताबद्ध हुनुको विकल्प छैन् ।