एक महिना देखी जुम्लाका चार जना किशोर सम्पर्कविहिन
जुम्ला ः गएको साउन १ गते बेलुकी देखि जुम्लाका चार किशोर सम्पर्क विहिन भउका छन। तातोपानी गाउँपालिका ७ सुर्की गाउँ निवासी गोविन्द रावतका १६ वर्षीय छोरा पदमबहादुर रावत र रामबहादुर रावतका १६ वर्षीय छोरा भीमबहादुर रावत, मुनबहादुर रावतका १७ वर्षीय छोरा तुल रावत र देवीभक्त रावतका १७ वर्षीय छोरा कालीबहादुर रावत एक महिना सम्पर्कमा नआएका हुन ।
यहाका प्रायः नागरिक मजदुरीका लागि भारतको हिमाञ्चल, उत्तर प्रदेशमा जान्छन् ।, “त्यही भएर भारतमा गएका हाम्रा आफन्त र चिनजानेका सबैसँग सम्पर्क गर्र्यौं तर उनीहरु कतै पनि नपुगेको खबर आयो, गोविन्द रावतले भने । तर पनि गाउँलेहरुले उनीहरु कालापहाड गएको हुन सक्ने आशंका गरेका छन ।
तुल रावतका बुबा गोविन्द रावतले लामो समयदेखि छोरा नआएकोले चिन्ताले सताएको छ । े । “साउने संक्रान्तिको बेलुकादेखि मेरा छोरा सहित चारैजना सम्पर्कविहिन छन् । घरमा आउलान् भन्दा भन्दा त महिना दिन बित्यो,” रावतले भने “तरपनि उनीहरु अहिलेसम्म घर फर्केका छैनन् र कहाँ छन् भन्ने पनि पत्तो छैन ।” उनीहरु भारत कहिल्यै नगएकोले कहीँकतै बेचबिखनमा पर्ने हुन् कि भन्ने कुराले अभिभावकहरुलाई चिन्तित बनाएको छ ।
अहिलेसम्म यो ठाउँमा छन् भन्ने अत्तोपत्तो नभएकोले उहाँले सञ्चार माध्यमबाट खोजिदिन आग्रह गर्नुभयो । राजु रावतका अनुसार सम्पर्कविहिन चारैजना किशोरहरु सुर्कीगाउँ अवस्थित दुर्गा मावि मधुमा कक्षा ८ र ९ मा अध्ययनरत थिए । कोरोना महामारीका कारण भएको बन्दाबन्दीले विद्यालय बन्द भएपछि पढ्न नपाएका उनीहरु कहाँ गए भन्ने कसैलाई सूचना छैन ।
जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी विजया प्रसाईले यस विषयमा आज मात्र सामान्य जानकारी आएकोले सघन रुपले बुझेर खोज अनुसन्धानमा लाग्ने बताइन । प्रजिअ प्रसाईले कालापहाड गएको भन्ने आशंका गरिएकोले यसबारे सबै तहका सरकारहरुले चासो दिनुपर्ने बताइन ।
जिल्ला प्रहरी कार्यालय जुम्लामा यस बारेका कुनै जानकरी आएको छैन । उनीहरु१६÷१७ वर्ष वर्षका छन । तर पनी यद्यपि ती चारैजना किशोरहरु ४० दिन देखि अभिभावकको सम्पर्कमा छैनन् ।








