जुम्लामा जवरजस्ती करणी गर्ने ३ जना पक्राउ

जुम्ला ः जिल्ला प्रहरी कार्यालय जुम्लाले जवरजस्तीकरणी गर्ने ३ जना प्रकाउ गरेको छ । प्रहरीले चन्दननाथ नगरपालिका ९ वस्ने वर्ष २० को बिशाल सार्की सोही ठाउका २० वर्षकै कमल सार्की र तिला ८ बस्ने बर्ष २८ को जीवन रावतलाई प्रकाउ गरेको हो ।
यही ७ गते राती ११बजेको समयमा तातोपानीगाउँपालिका वडा नम्वर एक बाईराका की १८वर्षीया किशोरी परिबर्त नाम क, पाल्ताडाँडामा रहेको जग्न्ना थमन्दिरमा मेला हेर्न गएको अबस्थामा पीडितको मोवाईल खोसेर पीडकले फिर्ता दिने बहानामा बोलाएर जवरजस्ती कारणी गरेको आरोपमा प्रकाउ गरिएको प्रहरीनिरीक्षक तथा सुचना अधिकारी नविन थापा मगरले बताए ।
पिडितको मोवाईल खोसी, मोवाईल फिर्ता दिने बहानामा तातोपानीगाउँपालिका वडानम्वर एक बाईराका पाल्ताडाँडा लगि पालै पालो जवरजस्तीकरणी गरेको भन्ने जाहेरी दिएको प्रहरी नायव उपरिक्षक दान बहादुर थापाले बताए ।उनले भने,“निजहरुलाई कारवाही गरी पाऊँ भनि प्रहरी कर्यालय जुम्लामा जाहेरी परेको थियो । प्रहरीले जाहेरीका आधारमा निज बिशाल सार्की र कमल सार्कीलाई पक्राउ गरी अनुसन्धान थालेको छ । प्रहरीले जिल्ला अदालत जुम्लाबाट दिन ५ को म्याद थपको अनुमति लिई थप अनुसन्धान गरिरहेको छ ।
त्यस्तै प्रहरीले जवरजस्ती करणी गरेको आरोपमा तिलागाउपालिकाका एक जनालाई पनि प्रकाउ गरीएको छ । तिला गाउपालिका वडानम्वर ६ बस्ने बर्ष ४५ की बोल्न र सुन्न नसक्ने परिवर्तित नाम ख,“लाई जवरजस्ती करणी गरेको आरोपमा २८ वर्षीया जीवन रावतलाई प्रकाउ गरिएको हो । बोल्न , सुन्न नसक्ने पडित नाम परिबर्तन ख, भैसीलाई घाँस हाल्न भनि हिडिरहेको समयमा तिला ८ बस्ने बर्ष २८ को जीवन रावतले डर त्रास देखाई यही भदौ ८ गते १७ बजेको समयमा जबरजस्ती करणी गरेको जाहेरी प्रहरी कार्यालयमा आएको थियो । निजरावतलाई पन ि जिल्ला अदालत जुम्लाबाट दिन ५ को म्याद थपको अनुमति लिई अनुसन्धान कार्यभई रहेको प्रहरी नायव उपरिक्षक दान बहादुर थापाले बताए ।