नागरिकको आयस्तर वृदि तर्फलाग्न जुम्लाका स्थानियतहलाई मुख्यमन्त्री शाहीको निर्देशन

जम्ला ः कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले नागरिकको आय स्तर वृदि तर्फ लाग्न जुम्लाका स्थानियतहलाई निर्देशन दिएका छन । प्रदेश र स्थानीय तहले नागरिकको आय स्तर वृद्धि हुने खालका उत्पादनमुखी कार्यक्रममा जोड दिन मुख्यमन्त्री शाहीले निर्देशन दिएका हुन ।
बिहीबार जुम्ला पुगेका मुख्यमन्त्री शाहीले स्वास्थ्य, शिक्षा, खानेपानी, यातायात, विद्युत्, कृषि, पूर्वाधार लगायतका क्षेत्रमा भइरहेको विकासका बारेमा स्थानियतह र बिषयगत कार्यालय प्रमुख संग छलफल गरेका थिए । मुख्यमन्त्री शाहीले सबै भन्दा नजिकैको सरकारले स्थानियतह भएकाले जनताका आधारभूत आबश्यकता पुरा गर्न अनुरोध गरेका छन। उनले जन्ताको जिवनस्तर नै प्रमुख बिकास रहेको बताए ।मुख्यमन्त्री शाहीले भने ,“कर्णालीमा राष्ट्रिय प्रसारण लाइन पुग्यो । तर विपन्न नागरिकसँग महसुल तिर्ने पैसा छैन भने प्रसारण लाइन पुगेको कुनै अर्थ छैन । विमानस्थलको स्तर वृद्धि भयो विपन्नले जहाज उड्न पाएको छैन भने त्यो बिकास बिपन्नको लाग्ी होइन । गाउमा सडक यातायात पुगेको छ । पैसा नहुने नागरिकले गाडी चढ्न पाएका छैनन् भने त्यो बिकास नागरिकक मुखी हुदैन । खानेपानी, कृषि, स्वास्थ्य, शिक्षाका विभिन्न अवसरहरूमा पनि विपन्न नागरिक आर्थिक अभावका कारण पछि परेका छन् । त्यसैले कर्णाली प्रदेशको समृद्धि नागरिकको आय स्तर वृद्धि बिना सम्भव छैन ।” कार्ययोजना सहित प्रदेशमा पेश गर्न समेत मुख्यमन्त्रीले जुम्लाका आठै तहलाई निर्देशन दिए । कोरोनाको महामारीले सबै सबै भन्दा प्रभाबित शिक्षा क्षेत्र भएको भन्दै मुख्य मन्त्री शाहीले स्वास्थ्य मापदण्ड पालना गरी जुम्लाका सबै विद्यालयसंञ्चालन गर्न अनुरोध गरे ।
कुल बजेटको ५० प्रतिशत मात्रै पूर्वाधार विकासमा
प्रदेश र स्थानीयतहको कुल बजेटको ५० प्रतिशत बजेट पूर्वाधार विकासमा मात्रै गइरहेको छ । विकास निर्माण भएका पूर्वाधारको सेवा उपभोग गर्ने नागरिकको आय स्तर छैन । टुक्रे बजेट र योजनाले नागरिकको आय स्तर वृद्धि हुने स्थिति पनि नभएकोले स्थानीय तहलाई गुरुयोजनाका माध्यमबाट विकास गर्न र विकास माग्न समेत मुख्यमन्त्री शाहीले स्थानीय तहलाई निर्देशन दिए ।
सङ्घ प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, सहकार्य र सहअस्तित्व नभएको कारण बितेको ४ वर्षमा अपेक्षित उपलब्धि हासिल नभएको समेत मुख्यमन्त्री शाहीको भनाई छ । नागरिकको आय स्तर नबढे सम्म कर्णाली प्रदेशको विकास सम्भव छैन । कर्णाली मानव विकास सूचकाङ्क देखि आर्थिक विकास सूचकाङ्कमा सबैभन्दा पछि रहेको छ । कर्णालीका नागरिकको चेतना स्तर अझै माथि उठ्न सकेको छैन । प्रदेश र स्थानीय तहका कार्यक्रम आवश्यकतामुखी भन्दा हचुवाका भरमा सञ्चालित छन् ।

जसका कारण कर्णालीवासीको आय स्तर शून्य रहेको हो ।गुरुयोजनाका माध्यमबाट स्थानीय सरकारले नागरिकको आर्थिक विकास हुने, आयआर्जन वृद्धि हुने क्षेत्र के के हुन ? कति लागत सम्मका योजना स्थानीय तहले गर्ने, कति लागतका काम प्रदेशले गर्ने भन्ने स्थानीय तहसँग प्रभावकारी समन्वय नभएको कारण प्रदेशबाट आउने योजना आवश्यकतामुखी नभएको गुनासो आएको छ ।
त्यसैले नागरिकका आयआर्जन वृद्धिलाई जोड दिने खालका कार्यक्रम बनाउन समेत सुझाव दिए । साथै मुख्यमन्त्री शाहीले जुम्लाका स्थानीय तहका प्रमुखहरू सँग प्रदेश सरकार प्रतिका अपेक्षासमेत सङ्कलन गरेका छन् ।जुम्लाका स्थानीय तहका प्रमुखहरूले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई आवश्यकतामुखी स्थानीय तहले सिफारिस गरेका योजना पठाउन माग गरेका छन् ।

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने भने ,“प्रदेशमा धेरै पटक योजना माग गरियो । माग भएका योजना कहिले परेनन् । योजना सधैँ झ्यालबाट आउन थालेका छन । माग आवश्यकता अनुसार योजना आउने वातावरण कर्णालीमा छैन ।”
तिला गाउँपालिकाका का.बा. अध्यक्ष विष्णुमाया बुढाले नेताले भनेकै भरमा योजना पर्ने र स्थानीय तहले माग गरेका योजना छनौट नहुने गलत संस्कार अन्त्य हुनु पर्ने बताइन ् । उनले राजनीति पावरका आधारमा आउने योजनाले समुदायको हित नभएको हो । त्यस्तै पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले कृषि, पर्यटनका माध्यमबाट पातारासीले नागरिकको आयस्तर वृद्धिमा जोड दिएको बताए ।

प्रदेशभन्दा स्थानीय तहले नागरिकको आय स्तर वृद्धि हुने कार्यक्रम, हातेहोजियारी, सिलाइकटाई, पशुपालन, तरकारी खेती जस्ता कार्यक्रममा जोड दिँदै आएको समेत जुम्लाका स्थानीय तहले बताएका छन् ।प्रदेश सँग समन्वय गरेर कार्य योजनाका आधारमा नागरिकलाई आर्थिक रुपमा सक्षम बनाउन स्थानीय तह तयार रहेको जनप्रतिनिधिहरुले प्रतिबद्धता गरेका छन् ।

तर प्रदेश दिने योजना बजेट त्यसको अनुगमनको जिम्मेवारी स्थानीतहलाई हुनु पर्नेमा माग गरेका छन् ।
त्यस्तै जनप्रतिनिधिका गुनासा माथि जवाफ दिँदै मुख्यमन्त्री शाहीले अबका योजना आवश्यकतामुखी मात्रै हुने बताए ।तीनै तहको प्रभावकारी समन्वय मार्फत कर्णालीवासीको आर्थिक जीवन सुधार सुधारमा जोड दिइने समेत उल्लेख गरे । मुख्यमन्त्री शाहीलाई विमानस्थल स्तर वृद्धि हुनु पर्ने, रिफ्यूल सेन्टर स्थापना हुनुपर्ने, नाग्मगमगडी सडक तत्काल सुधार हुनुपर्ने, आवश्यकतामुखी योजना छनौट हुनु पर्ने र नागरिकको आयस्तर वृद्धि गर्न आवश्यक कार्यक्रम र बजेट दिनुपर्ने लगायतका माग जुम्लाका स्थानीय तहले राखेका छन् ।