जुम्लामा नेपाली काँग्रेस परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेको लर्को
जुम्ला ः नेकपा मओवादी केन्द्रको बिचार र सिद्धान्तलाई आत्मसाथ गर्दै अन्य पार्टी परित्याग गरि प्रवेश गर्नेको लर्को नै लागेको छ । जुम्लाको कनकाशुन्दरी गाउपालिकामा काँग्रेस पाटी परीत्याक गरी माओबादीमा प्रवेशको गर्नेको लर्को चलेको हो । जुम्लाको कनकाशुनदरी गाउपालिकाका मात्रै होइन पछिल्लो समयमा अन्य पाटी परित्याक गरी आमोबादीमा प्रवेश गर्नेको लहर शुरु भएको छ । नेपाली काँग्रेशपार्टीको १४औ महाधिवेशनको मिति नजिक आइरहेको छ । तर जुम्लामा पार्टी परित्याग गरि नेकपा मओबादीमा प्रवेश गरेका छन ।
बुधबार नेकपा माओबादी केन्द्र कनकासुन्दरी गाउँपालिका कमिटीका अध्यक्ष भिम बहादुर भण्डारीको अध्यक्षतामा लासी पाटनमा आयोजना गरेको कार्यक्रममा नेपाली काग्रेस ,नेकपा एमाले र मजदुर किसान पार्टी परित्याग गरि एक सय ५० जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।
पार्टी प्रवेश गर्नेहरूलाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीले स्वागत गरेका थिए । नवप्रवेशीहरु लाई मुख्यमन्त्री शाहीले पार्टीको द्धिान्त अनुसार संगठन निर्माण गर्न आग्रह गरेका छन । उनले भने , गरिब, दुखी, निमुखाहरुको पाटी माओबादी केन्द्र हो ।
संगठन बलियो भए भने पार्टी पनि बलियो हुने भएकोले वडास्तरमा संगठन निर्माण गर्ने नवप्रवेशीहरुको काँधमा आएको बताए । जनमुखी काम गर्ने सबै कार्यकर्ता को जिम्मेवारी भएकोले पार्टीको नितिनियम र मार्गदर्शन पालन गर्न आम पार्टी कार्यकर्ता काम भएको मुख्यमन्त्री शाहीले बताए । मुख्यमन्त्री शाहीले भने ,“युवाको रोजगारीका लागी कर्णाली प्रदेश सरकारले प्रदेश भरका स्थानीय तहमा मुख्यमन्त्री रोजगार कार्यक्रम लागु गरेको छ। उनले ,सो कार्यक्रम प्रदेश भरका स्थानीय तहमा प्रभावकारीरुपमा लागु भएको दाबी गरे ।
प्रदेश सरकारले अब विकासे योजना लाई जनमुखी काम गर्न लागि परेको छ । प्रदेशबाट अब अनुदानमुखी कार्यक्रम अन्त्य गरेको छ । वितरण मुखी नभई उत्पादनमूलक कार्यक्रममा बिशेष जोड दिएको मुख्यमन्त्री छ ।कनकाशुन्दरी गाउपालिका नेपाली काँग्रेशको अखडा मनिदै आएको थियो । अधिकाँसले नेपाली काँग्रेस पाटी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र कनकासुन्दरी गाउँपालिका कमिटीका इन्चार्ज पुर्णप्रसाद धितालले नाग्म गमगडी सडक लाई सुविधा युत्त बनाउन र सडक स्तर उन्नति गर्नेका मुख्यमन्त्री शाहीको ध्यानाकर्षण गराएका छन । उनले भने ,सडक अझै पनि स्तार उन्नति हुन सकेको छैन आज सो सडकमा आफै मुख्यमन्त्री आउनुभएको छ । उनले भने टुक्रे योजनाले यहाको गरिबी नहट्ने बताए । उनले भने सबैको मुहार फेर्ने गरी बजेट आउन जरुरी छ ।
पुर्व पशुपन्छी राज्यमन्त्री गोमा कुवरले अब जुम्लामा माओवादी पार्टी बलियो बनाउन आम कार्यकर्ता को काँधमा आएको बताइन । उनले देश परिवर्तन गर्न र निमुखा जनताको हितका लागी काम गर्ने पार्टी माओवादी केन्द्र भएकोले बताइन । उनले माओबादी पटी जनताको हितमा काम गर्ने बताइन । पछिल्लो समयमा माओवादी केन्द्र जुम्लाले आफ्नो संगठन निर्माण र पार्टी लाई बलियो बनाउन सक्रिय बनेको छ ।










