मन्त्रीले पदीय जिम्मेवारीभन्दा खेलकुद परिषद्को लेटरहेटमा पत्र काटेपछि….

सुर्खेत ८ भदौ । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले प्रदेश खेलकुद विकास परिषदको लेटरहेडमा पत्र लेखेर परिषद्का उपाध्यक्ष प्रमोद हमाल स्पष्टीकरण सोधेका छन् । मन्त्री बुढाक्षेत्रीले गत साउन ३२ गते एक पत्र लेख्दै उपाध्यक्ष हमाललाई प्रदेश अन्तरर्गत जिल्ला खेलकुद विकास समिति गठन भएपछि गरेका आर्थिक, प्रशासनिक तथा खेलकुद क्रियाकलाप सम्बन्धि जिल्लाले गरेका समग्र कामको विवरण १५ दिनभित्र मन्त्रालयमा पेश गर्न अनुरोध गरेका हुन् ।

पत्र संख्या र चलानी नलेखिएको खेलकुद विकास परिषद्को काट्नु उनको क्षेत्राधिकार भित्र पर्दैन् । तर, प्रदेश खेलकुद परिषद सामाजिक विकास मन्त्रालय अन्तर्गत नै पर्छ । प्रदेश खेलकुद सामाजिक विकास मन्त्रीको कार्य क्षेत्रभित्रै पर्ने भएपनि खेलकुद परिषद्को लेटरहेडभन्दा उनले नीजि सचिवालयको वा मन्त्रालयको सचिवको आधारमा तोक लगाउनु पर्ने मन्त्रालयका एक कर्मचारीले बताए । ‘प्रदेश खेलकुद विकास परिषदको लेटरहेडमा हस्ताक्षर गरेर उपाध्यक्षलाई पत्र लेखेका छन् ।’ उनले भने,‘यो उनको पदीय दायित्वभित्र पर्दैन् । त्यसको साटो उहाँले आफ्नो सचिवालयको लेटरहेट वा मन्त्रलायका सचिवलाई मन्त्रीको निर्देशन अनुसार भनेर चिट्टी लेख्न लगाउनु पथ्र्यो ।’

प्रदेश मन्त्रीको हैसियतमा बुढाक्षेत्रीले परिषद्को लेटरहेडमा पत्र काटेपछि कर्णाली प्रदेशको खेलकुद परिषद्का पदाधिकारी अचम्मित भएका छन् ।

प्रदेश खेलकुदका एक पदाधिकारीले ‘मन्त्रीले निर्देशन दिने काम गर्ने हो । तर, यसरी परिषद्को लेटरहेडमा पत्र काट्ने काम कसरी भयो,’ उनले भने,‘ निर्देशन दिने होला । मन्त्रीले मर्यादाको ख्यालनै गर्नु भएन ।’

‘मन्त्रीले हस्ताक्षर गरेको पत्र कहाँबाट चलानी हुन्छ । मन्त्रालय कि परिषद् ? चलानी नम्बर नि छैन ।’ तीन पदाधिकारी प्रश्न गरे ।

प्रदेश खेलकुद परिषद्को उपाध्यक्षमा मनोनित हमाल एमालेको भागबन्डाबाट नियुक्ति पाएका थिए । कांग्रेसले सामाजिक विकास मन्त्रालय पाएपछि उपाध्यक्षमा नियुक्ति पाउन काग्रेसको कार्यक्रताले मन्त्रीको पदीय दायित्व दुरुपयोग गरेको आरोप लागेको छ ।

सम्बन्धित समाचार