दश महिना शिशु अपहरणकारीको बयानः ‘मैले अपहरण गरी बेपत्ता पारी दिए

जुम्ला ः यही भदौ ३ गते राति ९.ं३० बजेको समयमा १० महिनाको शिशु अपहरण गरी बेपत्ता पार्ने अपहरणकारी (अभियुक्त) दानबहादुर रोकायालार्य प्रहरीले प्रकाउ गरेको छ । प्रहरीका अनुसार दश महिने शिशु अपहरण गरी बेपत्ता पारेको बयान दिएका छन ।
हिमा गाउँपालिका ३ जुम्ला च्यामा गाउँका २६ वर्षीय दान बहादुर रोकायाले सोही गाउँपालिकाको सोही वडास्थित मोफ्ला गाउँका १९ वर्षीय भदुरी कठायतको १० महिने शिशु (छोरा खेमराज) लाई भदौ ३ गते राति ९ः३० बजे अपहरण गरी बेपत्ता पारेको बयानबाट खुलेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नविन थापाले बताए । उनले भने , “यही भदौ ३ गते आफ्नो घर नजिकै रहेको पसलमा बस्दै आएकी भदुरी लाई ९ः३० बजेको समयमा पुगेका अभियुक्त रोकायले तिमीलाई आमाले बोलाउँछन् भनि झुक्याएर बच्चा अपरण गरेका थिए ।उनी आमा कहाँ जाँदै गरेको मौका छोपी घरभित्र पसरे शिशु अपहरण गरी हालसम्म बेपत्ता पारेको खुलेको हो ।

जस अनुसार जुम्ला जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनलाई हिरासत कक्षमा राखेर थप अनुसन्धानको लागी प्रक्रिया अगाडी बढाएका छौं ।”प्रहरीका अनुसार अभियुक्तले शिशुलाई कहाँ, किन र कसरी बेपत्ता पारे भन्ने विषयमा गम्भीरताका साथ अनुसन्धान भईरहेको छ । अपहरिक शिशुको बाबु को हो ? भन्ने विषयमा भने प्रहरीले स्पष्ट पारेको छैन । अभियुक्त रोकायलाई कर्णाली प्रदेश प्रहरी तथा जिल्ला प्रहरी कार्यालय सुर्खेतको समन्वयमा पक्राउ गरिएको थियो ।