कोभिड रोकथाममा सत्रिलय बन्दै महिला स्वयंसेविका

जुम्ला ः कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि महिला स्वास्थ्य स्वयंसेविकाले सक्रिय बनेका छन । जुम्ला महिला स्वास्थ्य स्वयंसेविकाल नागरिकको घरदैलोमा पुगेर कोरोना संक्रमण बारेको सचेतना फैलाउन थालेका हुन ।
उनिहरुले नागरिकलाई घरबाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न,सेनिटाइजरको प्रयोग गर्दै नियमित साबुनपानीले हात धुन,सामाजिक तथा व्यक्तिगत दुरी कायम गर्न, जस्ता कुराको बारेमा सचेत गराएका छन।

कोरोना लक्षण देखिने वित्तिकै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्न आग्रह गरिरहेको सिँजा गाउँपालिकाका महिला स्वयंसेविका मैना रानाले बताइन । उनले भनिन , यो महामारीको बेलामा नागरिकलाई सचेतनाको फैलाउँदै हाम्रो दायित्व हो । उनले भनिन्,‘गाउँबस्तीमा हरेक स्वास्थ्य समस्या आउँदा जिम्मेवारीपुर्वक भुमिका निभाउँदै आएका छौैँ । कोरोनाकालमा पनि आफु सुरक्षित भएर सचेतनाका क्रियाकलाप गरिरहेका छौँ । ’
त्यस्तै हिमा,सिँजा र कनकासुन्दरी गाउँपालिकामा रहेका महिला स्वास्थ्य स्वयंसेविकाहरुले कोभिड १९ जोखिम न्युनिकरणका लागि सचेतनामुलक अभियान थालेको पेस नेपाल जुम्लाका परियोजना संयोजक हेमराज भट्टले बताए । उनले भने ,उनीहरुले आ आफ्नो गाउँ, टोल र बस्तीमा पोस्टर,पम्पलेट र जानकारीमुलक सन्देश कक्षा सञ्चालन गरेका थिए ।

महिला स्वास्थ्य स्वयंसेविका घरदैलोमै पुगेर कोरोना विरुद्धको सचेतना फैलाउन थालेपछि स्थानीय खुसी छन । जस्तोसुकै जोखिममा पनि गाउँटोलको स्वास्थ्य सुरक्षाको जिम्मेवारी वहन गर्न महिला स्वास्थ्य स्वयंसेविका सक्षम बनेका छन । यो जिम्मेवारी कोरोना संक्रमणको बेला पनि सहजै रुपमा पुरा गरे । महिला स्वास्थ्य स्वयंसेविका विपन्न पछाडी पारिएका, विकासको मुल प्रवाहमा नआएका, स्वास्थ्य सेवाको पहुँचमा नपुगेका ग्रामिण क्षेत्रमा रहेर समुदायमा जनचेतना फैलाउने काममा सक्रिय छन ।
उनीहरुले समुदायमा रोगको उपचार र निदान र उच्च सावधानीका बिषयमा कोचिङ गर्ने,परामर्श प्रदान गर्ने र स्थानीयबासीको आत्मबल बढाउने कार्य गरिरहेका हुन्छन ।प्लान इन्टरनेशनल नेपाल र पेस नेपाल जुम्लाले कोभिड १९ दोश्रो चरण प्रतिकार्यको लागी महिला स्वयंसेविकाहरुलाई विभिन्न स्थानमा अभिमुखिकरण गर्ने कार्य गरिरहेको छ ।