मुगुमा (तिथ्या पुनि ं) धामी नाचको रौनक (फोटो फिचर)

 


मुगु ः हिमाली जिल्ला मुगुमा (तिथ्या पुनि) जैन पुर्णिमाको रौनकले छप्पकै छाएको छ । एकातिर कोरोनाको महामारी भएको भएपनि मुगुमा धार्मिक कार्यले निरन्तरता पाएका छन ।
छायानाथ धामको तीर्थयात्रा शुरु भएसँगै पत्येक वर्ष साउन शुक्ल पूर्णिमामा मुगुमा मेला लाग्ने गर्दछ ।

कर्णालीको कुल देवत मस्टोलगायत महादेवको साउन शुक्ल पूर्णिमामा (तिथ्या पुनि ) अर्थात छायाँनाधाम, ऋणमोक्ष तीर्थस्थल गएर शुद्ध हुने र (तिथ्या पुनि) जनै पूर्णिमाको अवसरमा धामीहरू नाच्ने चलन छ ।
गएको सोमबारबाट छायानाथ रारा नगरपालिका–२ चैना गाउँमा रहेको छायानाथको मूर्ति मुगुमकामारोङ गाउँपालिका–२ डोल्फुमा रहेको छायानाथ धाममा नुहाउन लगिएसँगै छायानाथ तीर्थयात्रा शुरु भएको मानिन्छ । सोही तीर्थयात्रको क्रममा मुगुलगायत जिल्ला बाहिरका धामीझाँक्री दर्शन गर्न छायानाधाम र ऋणमोक्षमा पुग्ने गर्दछन् ।

जनैपूर्णीमाको अवसरमा छायानाथधाम र क्रणमोक्षमा मेलालाग्ने गर्दछ भने ,पूजापाठ, होम,व्रत हुने गर्दछ । त्यहाँ बरदान माग्न धामिझाग्री शुद्ध हुन तीर्थालुको ओइरा लाग्ने गर्दछ ।

विष्णु शक्तिले झिंगा उत्पादन गरी महादेवले बोकेकी सत्यदेवीको सम्पूर्ण अंग छायानाथधाममा पतन भएको हुँदा बर्षेनी छाययाँनाथामा साउन शुक्ल अष्टमीको दिन देखि पुर्णीमा सम्म मेलालाग्ने र तीर्थालुहरू श्राद्ध, होम, व्रतबन्ध, र आफूले चिताएको वरदान माग्न ,धामिझागी शुद्धहुन तथा बिदोमाग्न छायाँनाथधाम र क्रणमोक्ष जाने गर्दछन

साउन शुक्ल अष्टमीका दिनदेखि साउन शुक्ल पूर्णिमासम्म तीर्थस्थल छायानाथधाम र ऋण मोक्ष मन्दिरमा जाने र पूर्णिमाको दिन फर्किएर गाउँमा धामी नाच्ने चलन छ । मुगुका धामी झाँक्री छायानाथ धाम र ऋण मोक्ष मन्दिरमा पुगेर दर्शन गरी फर्किएका छन् ।
मुगुका धामी नाचका दृश्य झलक ः फोटो नन्द बहादुर रोकाया मुगु

सम्बन्धित समाचार