माओवादीले ताेक्याे ६ प्रदेश इन्चार्ज (सूचीसहित)

काठमाडौं : नेकपा माओवादी केन्द्रको आइतबार बसेको स्थायी समिति बैठकले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्जहरू तोकेको छ।

 

 

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले प्रदेश कमिटिमा रिक्त पदाधिकारी र जिल्ला इन्चार्जहरू तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनकाअनुसार जिल्ला समन्वय समितिका संयोजकहरू तोक्ने जिम्मा सम्बन्धित प्रदेशलाई दिइएको छ।

दुई दिनसम्म बसेको बैठकले विभिन्न प्रदेशका रिक्त पदाधिकारी, जिल्ला इन्चार्ज र पार्टीका विभाग प्रमुख तोक्ने निर्णय गरेको श्रेष्ठले जानकारी दिए।

केन्द्रीय प्रतिनिधि नभएका कतिपय जिल्लामा केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ। बैठकले प्रदेश १ बाहेक ६ वटा प्रदेशमा जिम्मेवारी तोकेको हो। प्रदेश १ मा भने पछि तोकिने जनाइएको छ।

प्रदेश : इन्चार्जको विवरण

प्रदेश २ : गणेश साह

वागमती : हितमान शाक्य

गण्डकी : हितराज पाण्डे

लुम्बिनी : चक्रपाणी खनाल

कर्णाली : शक्तिबहादुर बस्नेत

सुदूरपश्चिम : खगराज भट्ट