जुम्लाको प्रतिष्ठानलाई साढे ६ लाखको स्वास्थ्य सामाग्री प्रदान

जुम्ला ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई साढे ६ लाख रुपैयाँको स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । कोरोना भाइरसको तेस्रोलहर शुरु भइरहेको बेला लान इन्टरनेशनलको आर्थिक सहयोग र पेस नेपाल जुम्लाको सहजीकरणमा कोभिड प्रतिकार्यका लागि १५ प्रकारको स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । एन नाइन्टी फाइभ मास्क,१५०पिस,सर्जिकल मास्क २ हजार पिस,,हयाण्ट सेनिटाइजर ५००एमएल,फेस शिल्ड २ सय पिस,,ग्लोब्स २ हजार पिस,,पुनं प्रयोग गर्न मिल्ने गावन १ सय पिस,फुल पिपिई सेट १ सय,आइआर थर्ममिटर ५,,स्प्रे ट्यांक १, हेण्डबास लिक्वीड २०,हाइजिन किड १०,डिग्नीटी किड ५, र प्यासेन्ट बेड सिट १० पिस ,पोचिलोराइट डिसिन्फेक्टेन्ट सोलुसन २० ग्यालेन लगायतका स्वास्थ्य सामाग्री पेस नेपाल जुम्लाले जनाएको छ । पेस नेपालका परियोजना प्रमुख हेमराज भट्टले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई ६ लाख ४८ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री प्रदान गरिएको बताए । उनले भने,‘कोभिड १९ महामारीका रुपमा अघि बढेको छ ।

यसको नियन्त्रण र रोकथाम अहिलेको अपरिहार्य आवश्यकता हो । कोभिड १९ प्रतिकार्यका लागि अस्पताललाई सामाग्री प्रदान गरिएको छ । ’पेस नेपालका सचिव मानबहादुर रोकायाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक राजिब विक्रम शाहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । उनले स्वास्थ्य सामाग्रीको सही सदुपयोग गरि कोरोना रोकथाम तथा नियन्त्रणमा लाग्नु पर्नेमा जोड दिए ।
अस्पताल निर्देशक शाहले कोभिड संकट समाधानका लागि प्रदान गरिएको स्वास्थ्य सामाग्रीको भरपुर प्रयोग गर्ने बताए । उनले भने,‘संकटका बेला गरिएको यो सहयोग निकै प्रसंसनीय छ ।

 

सम्बन्धित समाचार