जिल्ला प्रशासन कार्यालय जुम्ला नेतृत्वको सरकारी टोली बडिमालिका प्रस्थान,

१८ दिनको पैदल यात्रापछि जुम्लामा फर्कीने

जुम्ला ः तत्कालिन जुम्ला राज्य र डोटी राज्यद्धारा संयुक्त रुपमा पुजा गर्ने प्रचलन अनुसार जुम्लावाट पुजाआजाको डोली सहित जिल्ला प्रशासन कार्यालय जुम्लाका एक कर्मचारी नेतृत्वको टोली बडिमालिका तर्फ प्रस्थान गरेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका नायव सुब्बा बिष्णु महतको नेतृत्वको ५जनाको टोली र भक्तालुहरु त्यस तर्फ प्रस्थान गरेका हुन ।
वडिमालिकामा टोली प्रस्थान गर्नु पुर्व जिल्ला प्रशासन कार्यालय अगाडी रहेको दरवार मालिकाको पुजाआज गरिएको थियो । नेपाली सेनाको एक टुकुटीले वटुक भैरवनाथ, चन्दननाथ वावा र दरवार मालिकाको सलामी अर्पण पछि टोलीलाई विदाई गरिएको हो ।जिल्ला प्रहरी कार्यालय भित्र रहेको वडिमालिका माईको मन्दिरमा पुजाआजा गरेपछि नेपालि सेना र ससस्त्रप्रहरीद्धारा सलामी अर्पण गरिएको थियो ।
नाग पञ्चिमीका दिनमा वडिमालिका तर्फ प्रस्थान गर्ने परम्परा अनुसार जुम्लाको टोलि त्यस तर्फ प्रस्थान गरेको सस्कृति सम्वन्धी जानकार रमानन्द आचार्यले बताए । बिहीबार प्रस्थान गरेको टोली १८ दिनको पैदल यात्रापछि बडिमालिकामा पुगेर पुजा आजा गरेर खलंगामै फर्कने चलन छ । परम्परा देखि अञ्चलाधिस कार्यालयको माताहातमा चालिआएको पुजाआजा कार्यक्रमअहिले जिल्ला प्रशासन कार्यालयको माताहातमा चल्दैआएको छ ।

 

जुम्लाका दर्शनालुहरुका अनुसार वढिमालिका माईको पुजा आजा गरेर मनको ईच्छा पुरा हुने धार्मिक विश्वास रहि आएको छ । शुक्रबार विहान वडिमालिका माई र चन्दननाथ भैरवनाथको मन्दिरमा पुजाआजा गरिएको हो । जिल्ला प्र्शासन कार्यालय जुम्ला अगाडी रहेको दरवार मालिकाको मन्दिर वाट कृष्णमन्दीर परिक्रमा गरी जिल्ला प्रहरी कार्यालयमा गएर नेपाली सेना नेपाल प्रहरीको सलामी पछि टोलि वडिमालिका गएको हो । टोलीलाई प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइ र नेपाली सेना , शसस्त्र प्हरी लगायतका सरकारी प््रमुख, राजनैतिक दल, र स्थानियले अक्षता र ध्वजा पतका दिएर विदाई गरका छन।
तत्कालिन बडा हाकिमको नेतृत्वमा वडिमालिका जाने चलन थियो । उक्त टोली कृष्ण अष्टमीको अघिल्लो दिनमा फर्किएपछि भोलिपल्ट लाख्य काट्ने चलन जुम्लामा छ ।

तर यस वर्ष कोरोनाका कारण लाख्य नाथ लगाउने प्रसशानले जनाएको छ । विदाई गर्न आएका स्थानियले आफ्नो मनको ईच्छा पुरा हुने आशमा अक्षता नासो पठाउन्े गर्दछन । हजारौको संख्यामा विदाई गर्न आएकाहरुले टोलीको यात्रा सफल हुनुको साथै जुम्लाका सम्पुर्ण काममा सफलता मिल्ने कामना गर्ने गर्दछन ।जुम्लावाट लिएको अक्षेता, फुलपाती वडिमालिकामा लिएर चढाईन्छ ।शुक्रबार दिउसो हिडेको टोली तातेपानीमा वस्छ । जिल्ला प्रशासन कायालय जुम्लाको नेतृत्वमा वर्षको एक पटक भगवतिको दर्शन गर्न जाने परम्परा रहिआएको छ । सो अवसरमा नेपाली सेनाको नन्दा बक्स गणबाट आएको टोली र जिल्ला प्रहरी कार्यालयबाट आएको टोली र सशस्त्र प्रहरी वलको टोलीले बाजागाजा सहित निशान भगवती, चन्दननाथ, भैरवनाथ र बडिमालिका माईलाई बेण्ड बाजा, डोल बजाएर बिगुल फुकेका थिए ।

जिल्ला प्रसाशन कार्यालय जुम्लाको प्रागणबाट शुरु भएको टोलि जुम्ला बजार परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालयमा पुगेर अन्तिम सलामी अर्पण पछि नेपाली सेनाको टोली फर्किएको थियो । बडि मालिका भगवतीको लागी जिल्ला प्रसासन कार्यालय जुम्लाबाट वर्षको एक पटक गहना बनाएर पठाउने गरिन्छ । यस पटक पनि भगवतीको लागी सुनको टिका, चाँदीको बिनायो, चाँदीको मुरुली, चाँदीको काँगियो र चाँदीको छत्र बनाएर पठाएको जिल्लाप्रशासन कार्यालयले जनाइएको छ ।सबै सामाग्री भगवतीलाई चढाए पछि मात्रै चन्दननाथ मन्दिरमा ल्याएर चढाउने गरिन्छ । त्यस्तै सोहि अवसरमा खलंगामा लाख्य नचाइने चलन छ । तर यस पटक कोरोनाको महामारीले गर्दा खलंगामा लाख्य भने नचाइएको छैन ।वडिमालिकाको डोली पठाउनको लागि दर्शनालुहरु खलंगामा जुम्मा भएका थिए ।