भालुको आक्रमण बाट जुम्लाका दुई जना घाइते

जुम्ला ः भालुको आक्रमण बाट जुम्लाका दुई जना घाइते भएका छन । जुम्लाको सदरमुकाम खलंगा बजारमा बिहिबार बिहान भालुले आक्रमण गर्दा दुई जना घाइते भएका हुन । चन्दननाथ नगरपालिका ५ कार्किवाडामा बिहान ४ बजेको समयमा भालुले आक्रमण गरेको प्रत्यक्षदर्शी देबेन्द्र कार्कीले बताए । उनले भने बिहानै उठेर नुहाने क्रममा धारामा आक्रमण गरेको हो ।भालुको आक्रमण बाट एक दम्पती परिवार घाइते भएका हुन् । खलंगा बजारमा व्यवसाय गर्दै आएका हिमराज रोकाया र उनकी धर्मपन्ती निर्मला रोकाया भालुको आक्रमण बाट घाइते भएका हुन।

घाइते दुबैको अहिले कर्णाली स्वास्थ्य विज्ञान शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।घाइते निर्मला रोकाया (थापाको )अनुहारमा चोटपटक लागेको छ भने हिमराज रोकायाको टाउको र ढाडमा चोट लागेको स्थानयि युवा धनराज सुनारले बताए । आफैले एम्बुलेन्स बोलाएर अस्पताल पुर्याइएको हो । यता प्रहरी निरिक्षक युवन चौधरीले विहानैदेखि भालुको खोजी भईरहेको तर नभेटिएको बताए । नेपाल प्रहरी,नेपाल आर्मि,शसस्त्र सबै सुरक्षा निकाय खोजी कार्यमा जुटेको उनको भनाईको छ । उहाँका अनुसार अहिले सम्म भालु नियन्त्रणमा नआएकोले सबै नागरिकलाई सचेत रहन आग्रह गरिएको छ । कुनै बेला घटना घट्न सक्ने भएकाले सुरक्षित तथा सचेत रहन रेडियोबाट सूचना समेत जारी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बजारमै भालु पसेर आमक्रण गरेको खबरपछि स्थानीय त्रसित भएका छन् ।