नेपाल मास्क अभियान ः तँपाइको मास्क खै भन्दै सिडिओ सडकमा

जुम्ला ः जुम्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बिजयाकुमारी प्रसाई तँपाइको मास्क खै भन्दै नेपाल मास्क अभियान लिएर सडकमा निस्किएकी छन् । उनी कोरोना भाइरसको तेस्रो भरियन्टबाट बच्न र बचाउन अपिल गर्दै तँपाइको मास्क खै भन्दै हातमा मास्क लिएर सडकमा निस्किएकी हुन । प्रजिअ संगै चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल,जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटा, नेपालपत्रकार महासंघ शाखा जुम्ला ,नेपाली सेना नन्दाबक्स गणका गणपति रविन थापा, नागरिक समाजका अध्यक्ष राजबहादुर महत लगायतका सुरक्षाकर्मीको टोली सडकमा निस्किएको हो ।
सडकमा मास्क नलगाएका सबैलाई मास्क दिइएको छ । कोरोना भाइरसको तेस्रो भेरयन्ट भित्रिन नदिनको लागि उच्च सावधानी अपनाउन आग्रह गर्दै तपाँइको मास्क खै भन्दै सरोकारवालाको टोली सडकमा निस्किएको हो । समाजिक दुरीकाय गर्न घर बहिर निस्किदा अनिबार्य मास्कलागाउन सुरक्षा निकायाको टोलीले माइकिङ मार्फत अनुरोध गरिएको छ । मास्क नलागाएका नागरिकलाई मास्क दिदै प्रमुख जिल्ला अधिकारी प्रसाईले भनिन्,‘नियमित मास्कको प्रयोग गर्नुहोला । आफु बचेर आफ्नो घरपरिवारलाई बचाउनु होला । यो भेरियन्ट निकै खतरानाक छ ।
तेस्रो भेरिन्टले बालबालिका समेत प्रभावित

स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नुहोला । ’कोभिड १९ संकट व्यवस्थापन समितिको संयोजक समेत रहेकी प्रमुख जिल्ला अधिकारी प्रसाईँले यो भेरिन्टले बालबालिका प्रभावित भएकोले नियमित बालबालिकाको रेखदेख,सरसफाई र नियमित निगरानी गर्न सुझाव दिइन ।
जुम्लामा मास्क बैंक स्थापना गर्ने

प्रमुख जिल्ला अधिकारी प्रसाईले जिल्लामा मास्क बैंक स्थापना देखि कोरोना संक्रमणबाट बच्न सचेतनाका क्रियाकलाप अघि बढाइने बताइन् । नेपाल सरकारले थालेको मास्क अभियान अन्र्तगत सडकमा निस्किएकी उनले भनिन्,‘यो अभियान सदरमुकाममा मात्र केन्द्रीत हुदैन । दुरदराजका ग्रामिण क्षेत्रमा पनि चल्नेछ ।सबै मिलेर कोरोना भाइरसलाई परास्त गर्नु अहिलेको आवश्यकता हो । यो अभियानमा साथ दिनुस । कोरोनामुक्त जुम्ला बनाउन सकिन्छ । ’ जिल्ला प्रशासन कार्यालय अगाडी देखि शुरु भएको मास्क बाँड्ने काम कालेखोली, बसपार्क, टुडिखेल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान हुदै जिल्ला प्रशासन कार्यालय जुम्ला नजिकै पुगेर सकिएको थियो ।

त्यस्तै चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले कोरोना भाइरसको तेस्रो भेरियन्ट लाग्न नदिनको लागि उच्च सावधानी अपनाउन नगरबासीलाई आग्रह गरिन । उनले भनिन्,‘कोरोना भाइरस एक जनाका व्यक्तिको समस्या होइन । सामुहिक समस्या हो । यो यो समस्य निराकरण गर्न सामुहिक एकता र प्रतिबद्धताको खाँचो छ । सबै मिलौँ । कोरोना भाइरस भगाऔँ । बालबालिका जोगाऔँ ।’नगरक्षेत्रमा पनि मास्क अभियान सञ्चालन गर्ने उनले बताइन ।
त्यस्तै नन्दाबक्स गणका गणपति रविन थापाले कोरोना संक्रमण रोक्न सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिए । उनले भने,‘कोरोना भाइरसका बारेमा सबै सचेत हुनुपर्छ । सचेतना फैलाउनु पर्छ । कोरोना भाइरसबाट हुन सक्ने क्षति कम गर्न स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नुपर्छ ।’ उनले नेपाली सेना कोरोना संक्रमणबाट बच्न बचाउनको लागि सचेतनाका क्रियाकलाप गर्दै हरेक सुखदुखमा साथ दिदै आएको बताए । उनले सडकमा मास्क नलगाएर हिडेका सबैलाई मास्क उपलब्ध गराएर सचेत रहन आग्रह गरे ।

त्यस्तै नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले हरेक नागरिकले मास्क अनिवार्य लगाउनु पर्नेमा जोड दिए । उनले भने,‘यो एउटा प्रशासन र नगरपालिकाको मात्र समस्या होइन । सामुहिक समस्या हो । सबै मिलेर अघि बढ्नुपर्छ । कोरोना भाइरस बारेमा सचेतना फैलाउन नागरिक समाज तयार छ । उनले जुम्लामा मास्क नलगाउने,सामाजिक तथा व्यक्तिगत दुरी कायम नगर्ने परिपार्टीको विकास भइरहेको बताउँदै स्वास्थ्य सुरक्षाको मापदण्ड कार्यन्वयनमा कडाइ गर्नुपर्ने बताए । उनले भने,‘जुम्लामा चरम लापरवाही देखिएको छ । अब सरोकारवाला निकायले पनि कडा रुपमा प्रस्तुत हुनुपर्छ । सबै मिलेर सचेतनाका क्रियाकलाप गर्नुपर्छ ।जब सम्म कोरोना भाइरसबारेमा नागरिक सचेत हुदैनन् । तब सम्म रोकथाम तथा नियन्त्रणका सबै प्रयास सफल हुन सक्नेछैनन । नेपाल पत्रकार महासंघ शाखा जुम्ला, उद्योग बाणिज्य संघ जुम्ला लगायत कर्मचारी मिलन केन्द्रले कोरोनाबाट बच्न मास्क अभियानलाई एक्केबद्धता जनाएका छन । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले मास्क अभियानलाइ प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । उनले भने,‘मास्क अनिवार्य हो । मास्कले जीवन बचाउँछ भन्ने सन्देश बजार क्षेत्रमा मात्र नभइ सबै क्षेत्रमा प्रवाह गर्न जरुरी छ । ’

प्रजिअ प्रसाइ भन्छिन नगरिकले प्रहरीका लागी होइन मास्क आफ्नो लागी लगगाउनु पर्छ भन्ने कुरा बुझ्न जरुरी छ । प्रमुख जिल्ला अधिकारी मास्क बोकेर सडकमा निस्कदा स्थानीय दंग थिए । उनीहरुले नियमित मास्कको प्रयोग गर्ने प्रतिबद्धता जनाए । सडकमा निस्किका व्यक्ति देखि सडक सवारीमा यात्रा गरिरहेका यात्रु,चालक,व्यापार व्यवसायी सबैलाई मास्क दिइएको थियो । कोरोना महामहारीबाट जोगिने सजिलो र उपयुक्त माध्यम मास्क नै बनेको छ ।

मास्क लगाउने अभियान जहिलै पनि प्रहरी कै भए जस्तो देखिन्छ । प्रहरीले प्रशासनले यो अभियान चलाइरहदा जुम्लामा बुधबार अधिकांस नागरिक मास्क नलगाएर बसेका थिए । महामारी फैलिएको १६ महिना भन्दा बढी समय भइसकेको छ । तर पनि अझै मानिसमा मास्क लगाउने बानी परेको देखिदैन । सर्वसाधारणलाई मास्क लगाउने बानी नपरेपछि प्रहरीले बारम्बार यो अभियान चलाउनु पर्ने अबस्था आएको हो । नागरिकले प्रहरी देखीने बितिकै मानिस मास्क लगाउन सुरु गर्ने गरेको देखिन्छ । यो कुनै प्रहरी वा प्रशासनलाई सफल बनाउनका लागी मास्क लगाइको नभएर आफ्नो स्वाथ्यको लागी हो भन्ने बुझ्न नागरिक स्तरबाट जरुरी छ ।