ओलीको टाङमुनि छिदैनौंः माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्ष केपी ओलीको टाङमुनि नछिर्ने बताए ।
नेता नेपालले आफ्नो पक्ष दृढतापूर्वक अगाडि बढ्ने र कसैको टाङमुनि नछिर्ने बताएका हुन् ।

सामुदायिक स्कूलबाट एमबीबीएसको प्रवेश परिक्षामा पहिलो नम्बरमा नाम निकाल्न सफल आशिक झालाई बधाई दिने कार्यक्रममा उनले उक्त कुरा बताएका हुन ।

कार्यक्रममा बोल्दै कसैको नाम नलिएर नै भने, ‘कसैको टाङमुनि छिर्ने छैनौं । अध्याँरो सुरुङमा छिर्नेवाला छैनौं । हामी दृढताका साथ अगाडि बढ्नेछौं । तानाशाही प्रवृत्तिसँग झुक्ने छैनौं ।’

उनले कर्णालीमा प्रदेशसभा सदस्यमा पद गुमेका आफूपक्षीय चार जना पूर्व सांसदलाई फेरि जिताएर ल्याउने दावी गरे । चारै जना पूर्व सांसदलाई बहादुरी देखाएको भन्दै खुशि व्यक्त गरे ।

उनले भने ‘कर्णालीका साथीहरुले बहादुरी देखाउनु भयो, कायरता देखाउनु भएन । सांसद पद खोसिएको छ । उहाँहरूलाई जिताएर ल्याउने जिम्मा मेरो भयो।’

बहादुरको लागि ठाउँ हुन्छ कायरको लागि होइन उनले टिप्पणी गरे ।

सम्बन्धित समाचार