५ बर्षिया नाबालिका बलात्कार गरेको आरोपमा ६१ बर्षिया बृद्ध पक्राउ

मकरराज धामी असार २९ बझाङ बझाङको जयपृथ्वी नगरपालिका–७ मा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक बृद्ध पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक रुपक खडकाका अनुसार नावालिकालाई बलत्कार गरेको आरोपमा जयपृथ्वी नगरपालिका वडा नं. ७ का ६१ वर्षिया जगदिश जोशीलाई प्रहरीले पक्राउ गरेको हो । जोशीले असार १८ गते घरमा कोही नभएको मौका छोपेर जोशीले बालिकालाई मिठाई दिन्छु भन्दै फकाएर आफ्नै कोठामा लगेर बलत्कार गरेको आफन्तको भनाइ छ । नावालिकालाई जवजस्तीकरणी गरेको भन्दै आफन्तले जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएपछि असार २७ गते आईतबार जोशीलाई पक्राऊ गरेको हो । आईतबार पक्राऊ परेका जोशी माथी जवजस्तीकरणीको मुद्धा दर्ता गरी घटनाको बारे थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताए