विवाहा पछि पत्रकारीतामा फर्किदैनन् जुम्लाका महिला पत्रकार

दिलमाया शाही

जुम्ला । पत्रकारीता आफैमा चुनौति सहितको अवसरको पेशा हो । जति अबसर छ त्यति चुनौति हुनु स्वभाविक नै हो । त्यसमा मोफसलमा बसेर पत्रकारीता गर्नु झनै चुनौति छ ।

यसमा व्यक्तिगत, सामाजिक र परिवारिक समस्या छन् । तर पछिल्लो समयमा मोफसलमा पनि पत्रकारीता शसक्तरुपमा अगाडि बढेको छ । तर यसमा पनि पुरुष र महिला पत्रकारहरूको संख्यात्मक रूपमाभने फरक छ । यसमा परिवारिक समस्या बढी जिम्मेवार देखिन्छ ।

मोफसलमा कर्णाली प्रदेशका पहाडि जिल्लाहरुमा पत्रकार त्यसमा पहिला पत्रकारका लागि टिकिरहन सहज छैन । यसमा सामाजिक र पारिवारिक दायीत्व जोडिन आउछ । यसमा महिलाका लागि अझ विवाह प्रमुख कारण भएर आउने गरेको छ । महिला पत्रकारहरु विवाह पछि पत्रकारीता पेशाबाट पलाएन हुने गरेका छन् । जुम्लामा यो समस्या अझ बढी छ ।

जुम्लाका महिला पत्रकार विवाह पछि पत्रकारीता छोडने गरेकाछन् । यहाँका महिला पत्रकारहरु लामो समय पत्रकारीता गरे पनि यो पेशाबाट पलाएन भएका छन् ।

विवाह पछि महिला पत्रकारहरू अर्को पेशामा पनि लागेका छन् । पत्रकारीतामा धेरै दौडधुप गर्नु पर्छ । यहाँ कुनै निजी र सरकारी पेशमा जस्तो पुरा टाइमटेबल हुदैन । समाचारले समय पर्खदैन । त्यहि भएर पनि यो पेशमा बढी मेहनत छ । जति बेला जुन समयमा समाचार पाउने हुन्छ कुद्नु पर्छ । कयौ समाचार खोजेर लेख्नु पर्ने ,प्रसारण गर्नु पर्ने हुन्छ । यो पेशा त्यति सहज पनि छैन । तर समाजमा कसैले पनि बोल्न भन्न नसकेका कुरा, अन्यायका कुरा पत्रकारले लेख्ने ,प्रसारण गर्ने गरेका छन् । जुन कुराले पत्रकारलाई आत्म सम्मान दिन्छ खुशि दिन्छ । तर पनि यो पेशमा टिक्न सहज भने छैन ।

जुम्लामा लामो समय पत्रकारीता गरेर पनि अहिले विभिन्न पेशा रोजेका धेरै महिलाहरू हुनुहुन्छ । अझ विवाह पछि बढी महिला पत्रकारहरूले यो पेशा छोडेका छन् । यसमा पेशाको ग्यारेन्टी नहुने प्रमुख कारण हुन सक्छ ।

यहाँ धेरै जसो महिला पत्रकारहरु रेडियोमा कार्यरत छन् । विहेपछि पत्रकारीतामा छोड्ने महिला पत्रकार रेडियोमा कार्यरत साथिहरु छन् ।

अहिले जुम्लामा सक्रियरूपमा पत्रकारीता गरीरहेका महिला पत्रकार १५ जना छन । अधिकांस सबै रेडियो एफएममा पत्रकारीता गरीरहेका छन् । दुइजना भने राष्ट्रिय अनलाई मिडियामा आबद्ध छन ।

जुम्लामा ५ वटा रेडियो एफएम संचालित छन । तीनवटा दैनिक पत्रिका छन । चारवटा अनलाइन संञ्चालनमा छन । तर पत्रिकामा काम गर्ने महिला पत्रकारको संख्य शुन्य छ ।

३ वर्षसम्म पत्रकारीता गरेर अर्को पेशा रोजेकी पूर्व महिला पत्रकारले भनिन , ‘एक त घर परिवारले बुहारी घरबाहिर घुमेको राम्रो मान्दैनन् । समाजलेपनि बुहारी घरभित्र बस्नु पर्ने मानक बनाइ दिएको छ । । पत्रकारीतामा रातीको पनि काम गर्नु पर्छ । जुन महिलाको लागि समस्या नै हुन्छ । घर परिवारले पत्रकारीता गर्छु भन्दा सघाउदैनन ।’

पत्रकारीतामा पारिश्रमिक पनि कम हुन्छ । जसले आधारभुत आवश्यकता परिपूर्ति गर्न झन समस्या हुन्छ । त्यसैले यो पेसा छोडेर अर्को पेसा रोज्नु महिलालाई बाध्यकारी हुन्छ । उनले भनिन, ‘आफुलाई पत्रकारीता गर्ने इच्छा भएपनि बिहेपछि बच्चा जन्मीयो । बच्चा बोकेर पत्रकारीता गर्न कठिन ठानेर यो पेसामा आउन सकिन । त्यसैले अर्को पेशा रोजे ।’ नेपालमा अहिलेसम्म पनि पत्रकारिताले उद्योगको रूप लिई सकेको छैन । मिडिया क्षेत्र आर्थिक चुनौतीबाट गुज्रिरहेको हुँदा महिला पत्रकारहरु पनि स्वत: यो समस्याबाट मुक्त छैनन ।

पत्रकारीतामा सबै काममा व्यस्त हुनु पर्ने भएकाले घरपरिवारलाई समय दिन नसक्ने अवस्था आउछ । महिलालाई काम गर्न शहरमा अलि सहज भएपनि मोफसलमा भने अप्ठेरो छ । भूगोलको हिसाबले पनि अप्ठेरो हुन्छ । यदि सदरमुकाम भन्दा बाहिर गएर रिपोटिङ गर्ने हो भने त यातायातको असुविधा । बस्न खनाका समस्या । घरपरिवारले पनि घरबाट टढा जान नदिने अवस्था छ ।

नेपाल पत्रकार महासंघ जुम्ला शाखाका अध्यक्ष नेत्रबादुर शाहीले भने, ‘महिला पत्रकारकार मैत्री मिडिया हाउस पनि छैन । उचित पारिश्रमिक पनि हुदैन । बिहेपछि झन घरको कार्यबोझ थपिने भएकाले पनि समय दिन सक्दैन । दोहोरो कामकाज महिला पत्रकारको चुनौतीको बिषय हो ।’

कामकाजी महिलालाई घर र अफिस सम्हाल्नुपर्ने दोहोरो जिम्मेवारी छ । यो भार पत्रकार महिलालाई मात्र होइन, अरु व्यावसायिक महिलालाई पनि उत्तिकै छ । पुरुषले घरका काममा नसघाइदिँदा महिलामाथि दोहोरो बोझ थपिएको हो ।

महिलाहरू समाचार डेक्समा बसेर घर व्यवहार र समस्याका बारेमा चिन्ता गर्नु पर्ने छ । धारामा पानी आयो कि आएन, बच्चाले के खायो होला ? तरकारी किन्न कुन बेला जाने, भान्सामा यो छैन, त्यो छैन जस्ता कुराले पनि महिलाको कार्य क्षमतामा बाधा पुर्‍र्यारहेको छ ।

बच्चा जन्माउने, हुर्काउने जिम्मेवारीका कारण महिलाको काममा थप चुनौती आइपर्छन् । जुन कुरा पुरुषले सोच्नुपर्दैन । महिला पत्रकारका निम्ति सुरक्षाको चुनौती पनि छ । बेलुका अबेरसम्म काम गर्ने महिलालाई सवारी साधनको व्यवस्था भएन भने यात्रा जोखिमपूर्ण हुन्छ । अहिले पनि राति १० बजे महिला खुला सडक र गल्लीमा एक्लै निर्धक्क हिँड्न सक्ने अवस्था छैन ।

आर्थिक पाटो अर्को चुनौती हो । घर परिवारमा पनि महिला पत्रकारहरुलाई त्यति धेरै सपोर्ट गरेको पाइदैन । उनीहरुले गरेको कामलाई हौसला दिनुको सट्टा हेयको दृष्टिले हेर्ने समाजको दृष्टिकोर्णमा परिवर्तन आउनु पर्छ । त्यसपछि मात्र महिलाले पत्रकारीतामा उत्साहपूर्वक काम गर्न सक्छन् । तर यहाँ यस्तो वातावरण छैन ।

अनेक प्रकारका तनाव, दौडधुप, चुनौती र समयको पावन्दी हुन्छन् । यसैबीचमा समय निकालेर पत्रकारीमतामा लागेका महिलाहरुलाई घरपरिवारले पनि सहज वातावरण बनाइ दिए सहज हुन्थ्यो । घरपरिवारबाट छोरी, बुहारी आफ्नै नाम छ, पहिचान छ भनेर गर्व गर्न सक्दैनन ।

जबसम्म पत्रकारीतामा लागेका महिलका बारेमाा घरपरिवारले गर्व महसुस गदैनन् तब सम्म समाजले पनि महिला पत्रकारलाई गर्वसाथ स्वीकादैनन् । यस्तो हुनु भनेको महिला पत्रकारीतामा सहज रूपमा आउन नसक्नु हो । अहिलेपनि घरपरिवार र समाजका कारण मिडिया अथवा संचार गृहको कामगर्ने वातावरणका कारण पनि धेरै महिला

पत्रकारीतामा आउन सकेका छैनन । जुन दुखको कुरा हो । जति महिलाह पत्रकारितामा टिकेका छन् तिनले श्रंखलाबद्ध रुपमै तनाव र अनेक दु:खहरू भोगेका छन् । यति हुँदा हुँदै पनि महिला पत्रकारहरुलाई अवसर पनि त्यतिकै छ ।
पत्रकारीता अवसर पनि हो

पत्रकारिता चुनौतीसँगै अवसरले भरिएको पेशा हो । महिलाहरुले पत्रकारितालाई पेशाका रुपमा अपनाउनु पर्ने केही सुखद कारणहरु छन् । हाम्रो जस्तो समाजमा महिलाको आफ्नै नाम, पहिचान हुनु आफैमा ठुलो कुरा हो ।

श्रीमानको नाम र नाताबाट आम नेपाली महिलाको परिचय बन्छ । बिवाहपछि त झन महिलासंग पुरुषको परिचय जोडिन्छ । आफ्नो परिचय आफै बनाउने सामथ्र्य भएका महिलाहरू पनि चुपचाप पुरुषको परिचयसंग आफूलाई जोड्छन् । जब कि महिला पुरुष बराबर हुन ।

हाम्रो समाजमा पत्रकारिता क्षेत्रमा स्थापित भएका महिलाले कसैकी छोरी, श्रीमती अथवा बुहारी भनेर चिनिनु , चिनाउनु पर्दैन । बढिमा आफू कार्यरत सञ्चार संस्थाको नाम भन्नु पर्ला नत्र परिचयका निम्ति आफ्नो नाम नै काफी हुन्छ । पत्रकारीतामा आफुले गरेको काम सबैले थाहा पाउने र मूल्यांकन गर्न सक्ने हुँदा विभिन्न क्षेत्रका मानिसहरूले गर्ने ‘रेस्पोन्स’ र त्यसबाट मिल्ने सन्तुष्टी छुट्टै प्रकारको हुन्छ । अन्य क्षेत्रमा काम गर्नेहरुले आफ्नो नाम कमाउन जीन्दगीका धेरै वसन्तहरु पार गर्नु पर्छ, अनुभवले खारिदै कपाल फुलाउनु पर्छ तर मिडियामा कहिले काँही अत्यन्तै राम्रो भयो भनें एउटै सामाग्रीले पनि समाजमा राम्रो प्रभाव पर्छ ।

घर परिवार र नातेदारहरुका आराम बिमार र अनेक टिका टिप्पणीबाट माथि उठेर देशको राजनीति, अर्थ, व्यवसाय, सुरक्षा लगायत महत्वपूर्ण प्राय: सबै विषयमा जानकारी लिने मौका, आफ्नो ‘बीट’ अनुरुप कतिपय विषयमा जान्नै पर्ने अवस्था, देशको मात्रै नभएर विश्वमै भएका अनेक घटनाहरुका बारेमा ‘अपडेट’ हुने अवसर अरु क्षेत्रमा पाईंदैन ।

लगनशील भएर मेहेनतका साथ काम गर्नेहरुलाई अवसर पनि त्यत्तिकै छ । महिलाहरु पत्रकारीतामा आउदा उनको आफ्नै परिचय ,मान सम्मान र आर्थिक रुपमा पनि आत्म निर्भर हुन्छन् । जुन समाजकोलागि सुखद कुरा हो ।

 

 

 

सम्बन्धित समाचार