कोरोना बाट ज्यान गुमाएका शिक्षकको सम्झनामा दिप प्रज्वलन

जुम्ला ः कोरोना बाट मृत्यु भएका शिक्षकहरुको सम्झनामा दिप प्रज्वलन गरिएको छ । देश भरी झण्डै दुइ सय भन्दा बढी शिक्षकको कोरोना भाइरसको संक्रमाण बाट मृत्यु भएका छन। नेपाल शिक्षक महासंघले मंगलबार साँझ मृर्तकको सम्झनामा विशेष दीप प्रज्वलन गरेकोे हो ।
देशभर कोरोनाको महामारीबाट मृत्यु भएका शिक्षकको चिरशान्तिको कामना गर्दै दिप प्रज्वलन गरिएको एकीकृत अखिल नेपाल शिक्षक संगठन जुम्लाका सचिव जयशंकर धितालले बताए । उनले भने मंगलबार जुम्ला लगायत देशभर ज्यान गुमाएका शिक्षकको सम्झना र संक्रमितको स्वाथ्यलाभको कामना गदै दिप प्रज्वलन कार्यक्रम गरिएको हो । उनले थपे शोकलाई शक्तिमा परिणत गर्नुपर्छ भन्दै यो कार्यक्रम आयोजना गरिएका हौ ।धेरै शिक्षकले कोभिड बाट मृत्यु बरण गरिसकेका छन। तर शिक्षक कर्मचारीको लागी सरकारले खोपको ब्यवस्थापन नगरेको भन्दै गुनासो गरे । उनले भने ,बिद्यार्थी र शिक्षकको लागी सरकार समक्ष यथा सिघ्र कोराना खोप लगाउन माग गरेका छन ।

देशभर २५० बढी शिक्षक कर्मचारीले ज्यान गुमाउँदा पनि सरकारले वेवास्ता गरेको दुखेसो गरे । हामी शिक्षण कार्य शुरु गर्न तयार छौं,  यद्यपि सरकारले हामीलाई बेलैमा कोरोना दिनुपर्दछ ।’ सयौं बालबालिकाको भीडमा हुने पठनपाठनलाई ध्यानमा राखेर सरकारले जतिसक्दो चाँडो देशैभरका शिक्षकहरुलाई कोरोनाका भ्याक्सिन लगाउनुपर्ने आबश्यक रहेको छ ।

सम्बन्धित समाचार