धिताललिहीमा अग्नी पीडीत परिवारलाई राहत बितरण
जुम्ला । सिजा गाउपालिका तिन धिताललिहीका आग्लागी पीडीतलाई राहत दिइएको छ । जिल्ला बपद ब्यवस्थापन समितिले २० हजार नगद र २५ किलो चामल राहत स्वरुप दिइएको हो ।
गत्त शुक्रबार साँझ धिताललिहीको सेरा बजारमा रहेको मनप्रसाद धितालको घरमा बिजुलीको तार सट भई आगलागी हुदा १३ कोठे घर पुर्ण रुपमा जलेर नष्ट भएको थियो । आगलागी पीडीत मनप्रसाद धिताल र उनका घरमा भाडामा बस्दै आएका एक जनालाई एक बोहोरा मन्सुली चामल २०हाजरका दरले दुइजनालाई ४०हजार नगद उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने , आग्लागी हुदा घरगहना लत्ताकपडा अन्नपात पुर्ण रुपमा क्षेति भएको छ ।
पीडीतको घाउमा मलम लगाउनका लागी हामीले बिपद समितिले केही सहयोग गरेको छ । अग्नीपीडीत धितालले भने ,यस्तो महामारी छ कतै गयर कामगरी परिवार पाल्ने उपाय पनि छैन।घरमा भएको अन्नपात सबै जलीसक्यो ,उनले ,आफ्नो परिवारको लागी गाँसबाँस, कपासको सहयोग गरिदिन सरोकारवाला संग आग्रह गरे । अग्नीपीडीतले जिल्ला बिपद ब्यवस्थापन समितिले राहत दिएको प्रति खुसी ब्यक्त गरे ।








