कुशेका सात जना सकुसल फेला

जुम्ला ः लगातारको हावाहुरी र वर्षातका कारण जलजला पाटनमा वेपत्ता भएका सात जना शकुसल फेला परेका छन । मंगलबार देखि हराइरहेका जाजरकोटको कुशे गाउँपालिका ८ र ९ औलरिजाका सात जना गोठाला शकुसल फेला परेका हुन । उनीहरु पशु चौपाया लिएर चरिचरन क्षेत्र गएका ३५ वर्षीय दिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीया चन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीम खड्का, १७ वर्षीया धनसरा खड्का र वडा नं ९ का ४० वर्षीय कृष्ण रोकाय शहकुसल फेला परेको भार्मा प्रहरी चौकी जाजरकोटले जनाएको छ ।