पहिरोमा परेका चार जना सम्पर्कविहिन

जुम्ला ः पहिरोमा परेका चार जना सम्पर्कविहिन भएका छन । जुम्लाको पातारासी गाउँपालिकामा पहिरोमा परेका ४ जना सम्पर्कविहिन भएका हुन । पातारासी गाउँपालिकाको लेखिढुंगा टुङटुङ लेखमा पहिरोमा परेका चार जना सम्पर्कविहिन भएका हुन । पहिरोमा परेकाहरुको खोजी कार्यका लागि आफन्तजन पहिरो गएको स्थान तर्फ गइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पाटन क्षेत्रमा फोन नलाग्ने भएकोले सम्पर्क हुन सकेको छैन ।
घाइते मध्ये सुकबहादुर नेपाली र तारा नेपालीको अवस्था गम्भीर रहेको स्थानीयलाई उदृढ गर्दै जुम्लाका प्रहरी प्रमुख दानबहादुर थापाले बताए । उनले भने ,अरु २ जना घाइतेको नाम खुलिसकेको छैन । उनीहरु जडिबुटी कोर्न पाटन गएका थिए । निरन्तर बर्ष भएपछि गाउँफर्कन थालेका उनीहरु पहिरोमा परेका हुन ।

बुधवार विहान पहिरोमा परेका आफन्तजनले फोन सम्पर्क गरेर जानकारी गराएका थिए, । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराज चौलागाइँले भने,‘तर अहिले सम्र्पकमा छैनन । फोन सम्पर्क हुन नसक्दा उद्धार कार्य अघि बढाउन समस्या भइरहेको छ ।चार जना पहिरोमा परेको खबर पाउने वित्तिकै हेलिकप्टरबाट रेस्क्यु गर्ने तयारी भएको थियो । उनले भने,‘अहिले सम्म न अकाश खुल्छ । नत आफन्तको फोन नै आउँछ । सदरमुकाम भन्दा तीन दिन टाढा पर्ने भएकोले सम्पर्क हुन असहज भइरहेको छ । ’

घाइतहरु कस्तो अवस्थामा छन ? कहाँ छन ? सम्पर्क हुन सकेको अवस्था छैन । रेस्क्युको लागि सुर्खेतमा हेलिकप्टर तयारी अवस्थामा छ । बर्षा भइरहेकोले आकाश खुलेको छैन । आकाश खुल्ने वित्तिकै उद्धार शुरु हुने स्थानीय प्रशासनले जनाएको छ ।घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गर्ने तयारी गरिएपनि खराब मौसमका कारण हेलिकप्टर घटनास्थलमा पुग्न नसकेको जुम्लाका डिएसपी दानबहादुर थापाले बताए । उनले घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको छ । तर, त्यहाँ पुग्न २ दिन लग्ने हुनाले हेलिकप्टरबाट उद्दार गर्नुको विकल्प नभएको डिएसपी थापाले बताए ।

सम्बन्धित समाचार