कोरोना बाट जन्ता बचाउने अभियानमा नेपाल मजदुर किसान पाटी

जुम्ला ः नेपाल मजदुर किसान पाटी कोरोना बाट जन्ता बचाउने अभियानमा लागेको छ । स्कास्थ्यकर्मीलाई जन्ताको उपचारमा नियमित खटिन आग्रह गदैृ बिभिन्न जिल्लामा कर्यारत्त, स्वास्थ्यकर्मी र बिपदन ब्यवस्थापन समितिलाई स्वाथ्य सामाग्री बितरण गर्दै हिडेको हो । नेपालको छिमेकी देश चीनको विकास र शान्तिको निम्ति बोलको (-China Foundation for Peace and Devlopment) बाट जेठ २० गते नेपाल मजदुर किसान पार्टीलाई १ एक लाख थान मास्क विभिन्न जिल्लाका अस्पताललाई र बिपद ब्यवस्थापन समितिलाई वितरण गरिएको छ । नेपाल मजदुर किसान पाटीले जुम्लाको प्रतिष्ठानलाई जन्ताको उपचारमा खटिन आग्रह गर्दै हाइड्रोजन अक्सिजन मेसिन एक वटा उपलब्ध गराएको छ । नेपाल मजदुर किसान पार्टीका नेता निबर्तमान प्रतिनिधिसभा सदस्य प्रेम सुवाल स्वास्थ्य सामाग्री बोकेर कर्णाली आइपुगेका छन । उनी कोभिड महामारीमा आवश्यक पर्ने मास्क, हाइड्रोजन अक्सिजन जेनेरेटर मेसिन सहित कर्णाली प्रदेशको जुम्ला पुगेका हुन ।
चिनियाँ कम्युनिष्ट पार्टीले दिएको स्वास्थ्य सामाग्री कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला र जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिलाई प्रदान गर्न उनी जुम्ला आइपुगेका हुन ।२ हजार ८ सय ८० थान एन ९५ मास्क र १ थान हाइड्रोजन अक्सिजन जेनेरेटर मेसिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।
२ हजार माक्स जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिलाई दिइएको थियो ।नेमकिपाका केन्द्रीय सचिव समेत रहेका सुवालले कर्णाली जस्तो क्षेत्रमा स्वास्थ्य सामाग्री प्रदान गर्न पाउँदा खुसि भएको बताए ।हाइड्रोजन अक्सिजन जेनेरेटर मेसिन अक्सिजन कन्सेनट्रेटर भन्दा बढी भरपर्दो छ । अत्याधुनिक र बहुउपयोगी छ । ती सामाग्रीको बजार मूल्य १ करोड रुपैयाँ बढी रहेकोे छ, नेता सुवालले भने,‘ छिमेकी देश चीनले कोभिड माथि विजय प्राप्त गरेको र विश्वका अन्य देशहरुलाई आवश्यक स्वास्थ्य सामाग्रीहरु सहयोग गरिरहेको प्रति खुशी छौँ । ’
चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा कोभिड रोकथाममा सहकार्य गर्न नेमाकिपालाई स्वास्थ्य सामाग्री सहयोग स्वरुप प्राप्त भएको हो । जनताको स्वास्थ्य सेवामा अधिकतम प्रयोगका लागि खटिएका अस्पताल तथा प्रतिष्ठानहरुलाई सो स्वास्थ्य सामाग्री प्रदान गरिएको उनले बताए । उनका अनुसार भक्तपुरका ६ वटा अस्पताल र काभ्रे अस्पतालमा प्रदान गरिससकेको छ । जुम्ला देखि विराटनगर सम्मका अस्पतालमा स्वास्थ्य सामाग्री पुगिसकेको छ ।
स्वास्थ्य सामाग्री बुझ्दै प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर राजिव शाहले उपचारमा रहेका बिरामीका लागि ती सामानको सदुपयोग गरिने बताए । उनले भने,‘कोरोना महामारीको समयमा गरिएको यो सहयोग निकै प्रसंसनीय छ ।
’संविधानसभा सदस्य डिल्लीप्रसाद काफ्लेले चिनियाँ कम्युनिष्ट पार्टीले प्रदान गरेको स्वास्थ्य सामाग्रीले राहत मिल्ने बताए । उनले भने,‘चीनले नेपाली जनताको स्वास्थ्य अवस्थालाई ध्यान दिदै गरिएको यो सहयोगले कोरोना महामारी विरुद्ध लड्ने हौसला प्रदान गरेको छ । चीनले नेपाल प्रति देखाएको सद्भाव र सहयोगको लागि हामी आभारी छौँ । ’नेमकिपा जुम्लाका अध्यक्ष शिवलाल डाँगीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रतिष्ठान र अस्पतालमा स्वास्थ्य सामाग्री सहित मेसिन भएको बताए । उनले हामी प्रत्येक जिल्लाका अस्पतालमा कार्यरक्त स्वास्थ्य कर्मीलाई स्वास्थ्य समाग्री बितरण गर्दै आएका छौ । उनले भने जुम्ला यो समाग्राी बितरण गरेर कालिकोटमा पनि हाइड्रोजन अक्सिजन मेसिन र काक्स बितरण कार्यक्रम गरिने छ ।
कोरोना भाइरस रोकथाम तथा न्यूनीकरणका गर्ने स्वास्थ्य सामग्री लिएर जिल्ला जिल्ला पुग्न थालेका छौ । उनले भने,‘यो सामाग्रीको सही रुपमा सदुपयोग होस भन्ने अपेक्षा राखेका छौँ। ’ उपाध्यक्ष राजेश्वर देवकोटाले मित्र पार्टी तथा छिमेकी देशका जनताको सहयोगी भावना समेटिएको उपहार निकै अर्थपूर्ण भएको प्रतिक्रिया दिए । यो सहयोगले महामारीको विरुद्ध अग्रपंक्तिमा लडिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल थप बलियो हुनुका साथै हौसला प्राप्त हुने आशा व्यक्त गरे ।
नेपाल क्रान्तिकारी शिक्षक संघ जुम्लाका अध्यक्ष नर घर्तीले विश्वव्यापी महामारीका रूपमा फैलिएको दोस्रो भेरियन्टको कोरोना भाइरसबाट संक्रमितलाई अक्सिजनको अभाव हुन नदिन हाइड्रोजन अक्सिजन मेसिन उपलब्ध गरिएको बताए ।
त्यस्तै स्वास्थ्य समग्री बुझ्दै जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले नेपाल मजदुर किसान पाटीलार्ई धन्यवाद दिए । उनले भने , यस्तो महामारीमा हामीले सरकारको मुख मात्रै ताकेर बस्नु भन्दा पनि आफुले सक्ने सहयोग गर्न आआफ्नो ठाउँबाट लाग्न सबैमा अनुरोध गरे ।उनले भने कुनै पनि राहतका कर्यक्रम एकद्धवार प्रणाली बाट लागु गर्ने आबश्यक थियो ।
नेपाल क्रान्तिकारी युवा संघका जिल्ला अध्यक्ष लालबहादुर बुढाले छिमेकी मितेरी देश चीनबाट सहयोग स्वरुप प्राप्त भएको स्वास्थ्य सामग्रीले संक्रमण नियन्त्रणमा महत्वपुर्ण भुमिका खेल्ने बताए ।स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख कार्मा बुढा, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा लगायत नेमकिपाका नेता कार्यकर्ता पत्रकार सहभागी थिए ।








