कोरोना रोकथाममा सक्रिय उपाध्यक्ष ःउपाध्याय

जुम्ला ः तातोपानी गाउपालिकाकी उपाध्यक्ष गंगा देवी उपाध्याय कोरोनाको महामारीमा संक्रिय भएकी छन । उनी कोरोना रोकथामदेखी संक्रमितको व्यवस्थापनमा सक्रिय बनेकी हुन । जिल्लाका एक नगरपालिकासहित सात गाउँपालिका मध्ये तातोपानी संक्रमित व्यवस्थापनमा अब्बल देखिएको छ । उपाध्यक्ष उपाध्यायले भनिन ,चार जना लक्षण नदेखिएका संक्रमित बाहेक सबै संक्रमित संस्थागत आइसोलेसनमा राखेका छौ । उनका अनुसार संक्रमित आईसोलेसनमा आउन मानिरहेका ह थिइनन । उनिहरुको घरमै पुगेर कोरोना संक्रमण घरमा बस्दा हुन असरको बारेमा सम्झाईबुझाइ गरेर आइसोेलेसनमा ल्याउने गरेका छौँ। ’

उनले थपिन कोरोना रोकथामा पहिले चुनौति संक्रमित आइसोलेसनमा ल्याउनु बनेको छ । संक्रमितको घरदैलोमा पुगेर संक्रमितलाई संस्थागत आइसोलेसनमा ल्याउने गरेको बताइन्। प्रया नागरिको मनमस्तीकमा कोरोना सामान्य रुघाखोकी हो। घरमै बसेर निको भइन्छ भन्ने मानसिकता हाबी छ। त्यो मानसिकता चिर्न हामी जनप्रतिनिधिलाई चुनौति छ । उपाध्यक्ष उपाध्याय भन्छिन ,गाउँमा स्वास्थ्यकर्मी,जनप्रतिनिधि र कर्मचारी परिचालन भएर कोरोनाबाट हुने हानीका बिषयमा सचेत गरिराखेका छौँ।

संक्रमित संस्थागत आइसोलेसनमा बसेका छन्। उनीहरुको गास,बास गाँउपालिकाले बेहोरेको छ। पटक पटक स्वास्थ्यकर्मीले उनीहरुको निगरानी राख्ने गरेका छन्। चिकित्सक आइसोलेसनमै पुगेर अक्सिजनको मात्र नाँपजाँच गर्ने गरिरहेका छन्। उनले भनिन , स्वास्थ्यकर्मीले लक्षण अनुसारको औषधि दिने गरेका छन्।’गाउँपालिकामा उपाध्यक्ष उपाध्यायको संयोजकत्वमा जनचेतना तथा प्रचारप्रसार समिति बनाएको छ। त्यो समितिले कोरोनाका लक्षण, रोकथाम तथा नियन्त्रणका बिषयमा सचेतना प्रदान गर्दै आइरहेको छ।

शंकास्पद लागेको ठाउँमा तत्काल स्वास्थ्यकर्मी पठाएर चेकजाँच गर्ने गरिएको छ । गाउँपालिकामा ८ वडा छन । सबै वडामा स्वास्थ्यकर्मी पुगेका छन्। उपाध्यक्ष उपाध्यायले कोरोना कहरमा खटिएका स्वास्थ्यकर्मीको सेवा सुविधा थपिएको बताइन्।कोरोना सबैको सामुहिक समस्या हो। सामुहिक रुपमा प्रतिरोधको आवश्यकता छ। त्यस्तै प्रमुख प्रशासकीय अधिकृत बिष्णु धितालले भने,‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीयतहले गर्नु पर्ने सबै पहल गरिएको छ। ’गाउँपालिकाले १ र ६ नम्बर वडा सील गरेको छ। कोरोना परिक्षणका क्रममा संक्रमित बढ्न थालेपछि गाँउ नै सील गर्नु परेको उनले बताए।

त्यस्तै गाउँपालिकाले २० बेडको आइसोलेसन र ५ बेडको कोभिड अस्पताल बनायो। अहिले ४७ जना आइसोलेसनमा छन् । संक्रमित बढेको खण्डमा आइसोलेसन बेड बढाउन सकिने उपाध्यक्ष उपाध्यायले बताइन्।
कोभिड अस्पतालमा १५ सिलिण्डर अक्सिजन राखिएको छ। स्वास्थ्य संयोजक गुरुप्रसाद चौलागाइँले भने,‘अहिले सम्म संक्रमितको व्यवस्थापन र रेखदेख राम्रो संग भइराखेको छ।

यहाँका नागरिकलाई कोरोनाबाट बचाउन हदै सम्मको प्रयास गरेका छौ । गाउँको अवस्थाको बारेमा नियमित रिर्पोटिङ्ग हुन्छ। त्यसैका आधारमा कन्टयाक्ट ट्रेसिङ र टेस्टिङ गरिन्छ। आइसोलेसनमा बसेका संक्रमित गाउँपालिकाले गरेको व्यवस्थापन प्रति निकै खुसि छन्। उनीहरुले नियमित रुपमा भेटघाट,छलफल गर्ने,पोषिलो खानेकुरा दिने, चेकजाँच गर्ने देखि हौसला दिने सम्मको काम गरिरहेको भन्दै आइसोलेसनमा संक्रमितलाई गर्ने व्यवहार प्रति सन्तुष्ट भएको बताएका छन्।

सम्बन्धित समाचार