सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्यवन नगर्न दियो अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता अध्यादेश कार्यान्यवन नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चको संवैधानिक इजलासले यस्तो आदेश दिएको हो । गत २१ जेठमा ‘हेर्दाहेर्दै’मा रहेको सो रिटमाथि आज अन्तरिम आदेश आएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, न्यायाधीश त्रय मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा रहेको संवैधानिक इजलासले यस्तो आदेश दिएको हो । वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्की, अधिवक्ता विष्णुकुमारी गिरी लगायत ६ जनाले नागरिकता अध्यादेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
रिट निवेदकले अन्तरिम आदेश मार्फत नागरिकता वितरणमा रोक लगाउन माग गरेका थिए ।

 

सम्बन्धित समाचार