राना थारु समुदायबाट पहिलो पटक क्याबिनेट मन्त्री

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा पहिलो पटक राना थारु समुदायबाट क्याबिनेट मन्त्री बनेका छन् । आज बिस्तार गरेको मन्त्री परिषदमा ७ मन्त्री र एक राज्यमन्त्री थपेका छन्। ७ जना मध्य एक हुन नारदमुनी राना । रानालाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिएको छ । उनी राना थारु समुदायका हुन ।

राना समुदायबाट उनी ३५ बर्षपछि मन्त्री बन्न लागेका हुन् । २०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा मनोनीत लबरु राना थारु २०४२ सालमा भूमिसुधार राज्य मन्त्री भएका थिए । राज्य मन्त्री बनेका थारु कंचनपुरका थिए । यी बाहेक अहिले सम्म राना समुदायका व्यक्ति क्याबिनेट मन्त्री बनेका थिएनन्। कैलाली कञ्चनपुरमा राना थारूहरूको बसोबास छ । उनीहरु आफूलाई भूमिपुत्रको रुपमा चिनाउछन् ।

राना प्रतिनिधिसभा सदस्यमा कैलाली ५ बाट निर्वाचित भएका थिए । उनले कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवालाई ४ हजार ८ सय ८० मतले पराजित थिए । २०६४ सालको संविधानसभा सदस्यमा समेत निर्वाचित भएका थिए । उनी २०५४ सालमा धनगढी उपमहानगरपालिकाको उपप्रमुख बनेका थिए ।

सम्बन्धित समाचार