हाम्रा विरुद्ध अनर्गल प्रचार गर्न सत्ता संरक्षित समूह खडागर्योः घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेका भलनाथ खनाल माधव कुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमालेमा सत्ता संरक्षित मण्डले समूह जस्तै समूह हाम्रा विरुद्ध अर्नगल प्रचार गर्न तयार गरेको बताएका छन् । उनले सोमबार बसको भर्चुअल स्थायी कमिटीको बैठक सकिए लगतै सामाजिक संजालमा लेखेका छन् ‘फेरि हाम्रा विरुद्ध अनर्गल प्रचार शुरु भएको छ ।

हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ ।’

उनले लेखेका छन् ‘पञ्चायत कालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रुपमा स्थापित भयो । पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ति योगदान थिएन ।’

मण्डलेका कारण पंचायत धराशायी भएको र अहिले एमालेमा भएका मण्डलेका कारण एमाले धराशाही हुने चेतावनी दिएका छन् । उनले भनेका छन् ‘त्यसबेलाका कतिपय पञ्चहरु नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु । आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन ? अनि परिणाम पनि त्यस्तै हुने त होइन ?’
उनले एमालेको ओली पक्षले पालेको समूहले नै एकता नगर्न विभिन्न किसममा अर्नगल प्रचार गरेको बताउदै ,यीनका कारण एमाले सकिने चेतावनी पनि दिएका छन् ।
धेरैजसो सपेराहरु सर्पबाटै टोकिएका छन् ।

सम्बन्धित समाचार