एमालेलाई जेठ २ मा फर्काउन ओली तयार, नेपाल पक्षले देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ २ अघिको अवस्थाबाट संचालन गर्न आफू तयार रहेको बताएका छन् । आइतबार एक विज्ञप्ती जारी गदै आफू २०७५ साल २ जेठबाट पार्टी संचालन गर्न तयार रहेको भन्दै सबैलाई पार्टी एकतामा आउन आह्वान गरेका छन् ।

विज्ञप्तीमा नेकपाको केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिएका नेताहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचनाहरु क्रियाशील हुने बताइएको छ ।

ओलीद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ ‘ पार्टी कमिटी र जनसंगठनहरु पनि मूलभूत रुपमाा २०७५ जेठ २ पूर्वको अवस्थामा फर्के क्रियाशील हुने छ । आफ्नो पार्टीको प्रधानमन्त्रीलाई पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने रिटबाट हस्ताक्षर फिर्ता हुने छ।’

ओलीले यसबीचमा भएका गल्ती ,कमिकमजोरीलाई लिएर भएका कारवाही फिर्ता गरिने र कुनै पुर्वाग्रह र भेदभाव नराखिने समेत बताएका छन् ।
शनिबार झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको स्थायी कमिटीले १० बुँदे प्रस्ताव पास गदै संसदपुनस्थापना सम्बन्धित मुद्दामा गरीएको हस्ताक्षर कुनै पनि अवस्थामा फिर्ता नहुने घोषणा गरेका छन् । तर आइतबार ओलीले पार्टी एकताकोलागि २०७५ जेठ २मा आफु जान तयार रहेको तर हस्ताक्षर फिर्ता लिनु पर्ने शर्त अघि सारेका छन् ।

सम्बन्धित समाचार