राउटे युवतीमाथि दुव्र्यहार गर्ने तीन जना पक्राउ


सुर्खेत । राउटे समुदायका युवतीलाई होटलमा लगेर दुव्र्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । राउटे युवतीलाई शनिबार राती होटेलमा लगेर दुव्र्यहार गर्ने तिन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय होटल संञ्चालक बिनोद पुन रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
राउटे युवतीलाई होटलमा लगेर मदिरा सेवन गराएर तीनै जनाले सामाजिक सञ्जालमा भिडियो अपलोड गरेका थिए ।
राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्नेहरुलाई पक्राउ गरिएको र थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमाण्डमा अनुसन्धान टोली राउटे बस्तीमा पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र भट्टले बताए । ‘बस्तीमै पुगेर प्रहरीले थप अनुसन्धान गर्छ,’ उनले भने, ‘पक्राउ परेकाहरुलाई के कारबाही गर्ने भन्ने स्थलगत अनुसन्धानबाट खुल्छ ।’
सामाजिक सञ्जाल युटुव, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीहरु माथी पछिल्लो पटक दुव्र्यवहार बढ्दै गएको छ । भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाहरुबाट राउटे युवती दुव्र्यवहारको सिकार भइरहेको स्थानीय बताउँछन् ।
राउटे युवती तथा बालिकाहरू ‘यूट्युब पत्रकार’ बताउनेलगायत व्यक्तिबाट यौनजन्य हिंसामा पारिरहेको सूचना राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश शाखा कार्यालय जुम्लामा केही दिनदेखि आइरहेकÞो रहेको मानव अधिकार आयोग शाखा कार्यालय जुम्लाका किरण बरमले जानकारी दिए । ‘यौनजन्य क्रियाकलाप भईरहेको भिडियो सहित सूचना प्राप्त भए पछि राती नै प्रदेश प्रहरी, सूर्खेत प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरीलाई जानकारी सहित अनुरोध भई राती ३ बजे नै होटेलवालासहित दूई युवालाई स्थलगतबाट नै नियंत्रण लिन प्रहरी सफल भयो ।’ उनले भने,‘राउटे बस्तीमा अहिले मनोपरामर्शदातासहित सामाजिक विकास मन्त्रालयका प्रतिनिधि थप प्रहरीसहित पुगेको छ ।’