वातावरण र पर्यावरणमा रसायनिक प्रदुषणले प्रभाव पारेको सरोकारवालाहरुको निश्कर्ष

काठमाण्डौ ः वातावरण र पर्यावरणमा रसायनिक प्रदुषणले पारेको प्रभाव न्यूनिकरणक गर्न आबश्यक रहेको छ । जल, स्थल र वायू मण्डलमा प्रभाव पारिरहेको रसायन जन्य प्रदुषणले निम्त्याएको जनस्वास्थ्यमा पर्ने असर प्रति ध्यानाकर्षण गराइएको छ । यस बर्षको विश्व वातावरण दिवस २०२१“प्रारिस्थिक प्रणालीको पुनःस्थापना (भ्अयकथकतझ च्भकतयचबतष्यल)”भन्ने मुल नारालाई आत्मसाथ गर्दै सम्बन्धित सरकारी निकाय, विद्यार्थी शिक्षक, व्यवसायजन्य सुरक्षा क्षेत्रका बिशेषज्ञ, पत्रकार तथा विभिन्न वातावरण अभियन्ता र संरक्षणकर्ताहरुको सहभागिता सम्बन्धीत सरोकारवाला नियकालाई ध्यानाकर्षण गराइएको हो ।

तथा वन तथा वातावरण मन्त्रालयका सह–सचिव डा. बुद्धी सागर पौडेलको प्रमुख अतिथ्यता तथा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. शुनिल बाबु श्रेष्ठको विशेष आतिथ्यता र विश्व स्वास्थ्य संगठनका अधिकृत राजाराम पोते श्रेष्ठको सहभागितामा यो प्रेस बिज्ञप्ती जारी गरिएको हो । त्यस्तै गैरसरकारी संस्था गुथि, जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र (सिफेड) र वातावरण विभाग, ख्वप कलेजको संयुक्त आयोजनामा रसायन सुरक्षा, वातावरण र प्रारिस्थिक प्रणालीको पुनःस्थापना (ऋजझष्अब िक्बाभतथ, भ्लखष्चयलmभलत बलम भ्अयकथकतझ च्भकतयचबतष्यल) विषयक अनलाईन कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

भर्चुअल कार्यक्रममा बोल्दै नेपाल विज्ञान तथा प्रज्ञा प्रष्ठिानका उपकुलपति डा.शुनिल बाबु श्रेष्ठले ६० प्रतिशत भन्दा बढी जनसंख्या शहरमा बसोवास गर्दै आएको बताउनु भयो । उहाले , प्रदुषणको श्रोत शहर केन्द्रीत रहेकोले वातावरणीय संरक्षण र सुरक्षाको लागि नविनतम र दिगो प्रयास तथा उपायहरुलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाले भन्नुभयो ,शहरी प्रदुषणमा मानवजन्य मलमुत्रहरुको प्रमुख भूमिका रहने विभिन्न तथ्याङकले देखाएको र यस्ता बस्तीहरुमा निर्माण भएका शौचालय र सार्वजनिक स्थानमा रहेका शौचालयहरुलाई वातावरणीय र दिगो प्रकारले व्यवस्थापन गर्न सकिन्छ । उहाले एरोसानको प्रस्तुतीकरणको प्रसंसा गर्दै यसलाई प्रर्वद्धन गर्नुपर्ने र स्थानिय पालिकाहरुमा सार्वजनिक शौचालयको दिगो व्यवस्थापन र संरक्षणको लागी अनुसरण गरी विस्तार गर्नुपर्नेमा जोड दिए । त्यस्तै “काठमाण्डौं उपत्यकामा २० बर्ष अगाडि सम्म खेती योग्य उर्वरा जमिन रहेको स्मरण गरिएको छ ।

वातावरण विनासले ल्याएको परिवर्तन सगै खाद्य सुरक्षामा आएको संकटलाई टार्न कौसी खेती एक भरपर्दो उपाय भएको तर्फ इंगित गर्दै यसलाई वातावरणीय पूनःस्थापनाको लागि रणनितीको रुपमा अगाडी बढाउनु पर्नेआबश्यक छ । उनले थपे “कोभिड १९ महामारीको समयमा अस्पताल तथा सार्वजनिक स्थानका शौचालयहरुको सरसफाईमा विशेष ध्यान नपुरÞ्याउने हो भने कुनै पनि समयमा यस्ता महामारी फैलाउन सार्वजनिक शौचालय प्रतिकुल हुन सक्दछ।“
त्यस्तै एरोसानका राष्ट्रिय प्रतिनिधि प्रकाश अमात्यले भन्नुभयो , “सफा शौचालयलाई प्राथमिक्तामा नराख्ने हो भने रोगको केन्द्रविन्दु शौचालय बन्न सक्दछ । हामीले अहिले बुझिसकेका छौ सरसफाई कति महत्वपूर्ण छ र यस महामारीको समयमा स्वास्थ्य सेवामा जस्तै हाम्रो शौचालयमा पनी लगानी गर्नुपर्ने सही समय आइसकेको छ।” सरसफाई विशेषज्ञ प्रकाश अमात्यले भन्नुभयो ,साथै शौचालय जन्य मानवमलमूत्रले वातावरण प्रदूषणमा निकै नकारात्मक रसायणीक प्रदूषण उल्लेख्य रुपमा गरेको छ ।्
राजधानीमा सार्वजनिक शौचालयको अभाव
सहरीकरण संगै जनसंख्या बढेको तर राजधानीमा सार्वजनिक शौचालयको अभाव रहेको छ । यसको उचित व्यवस्थापनको कमीले वातावरण र जनस्वास्थमा निकै असर परेको पाइन्छ । यसको समाधानको रुपमा हाल काठमाण्डौ उपत्यकाको ३ स्थानमा स्वास्थकर र वातावरणमैत्री सार्वजनिक शौचालय संचालनमा एरोसान हवले ल्याएको जानकारी राष्ट्रिय प्रतिनि अमात्यले बताउनु भयो । उक्त शौचालयहरुमा आकासे पानी संकलन प्रविधि, वायो ग्यास, फोहोर पानी प्रसोधन विधि जस्ता सुविधाका कारण स्वच्छ वातावरणमा टेवा पुर्याउनाका साथ पिछडिएको वर्गलाई रोजगारीको अवसर प्रदान भएको उक्त प्रस्तुतीकरणमा जाकारी गराइएको हो ।

एरोसान हव शौचालयले अवलम्बन गरेको वातावरणीय सरसफाईको नमुनालाई प्रत्येक घर परिवारले अनुसरण गरी त्यहाँबाट उत्पादन भएको पूनःप्रयोगिय पानी र मललाई कौसी खेतीमा प्रयोग गर्न सकिने उदाहरण दिदै यसले खाद्यचक्र र वातवरण संरक्षणमा दिगो योगदान दिन सक्ने कुरालाई चर्चा गर्नुभयो ।काठमाण्डौ उपत्यकामा प्राचिन समय देखि विभिन्न धातुका मुर्तिहरुमा पारोमा आधारित विधिबाट सुनको जलप लगाउने प्रचलन रहेको छ । नेपाल सरकारले मर्करी महासन्धिमा हस्ताक्षर गरेको ७ वर्ष वितिसक्दा पनि यहि विधिबाट धातुका मर्तिहरु बनाइन्छ ।

जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक तथा वातावरण बैज्ञानिक राम चरित्र साहको अध्ययनमा उहाँले धातुका मुर्तिहरु बनाउने क्रममा हावा, पानी, माटो तथा कामदारहरुको शरीरमा मर्करीको अवशेष पाएको बताउनु भयो ।त्यस्तै कार्यक्रममा प्रस्तुती गर्दै साहले दक्षिण एशियामै सबै भन्दा पहिले नेपालमा ब्रेक शु र क्लच प्लेट बाहेक सबै प्रकारका ऐस्वेस्टस र ऐस्वेस्टसयूक्त बस्तुहरुको २०७१ सालमै पुर्णतया प्रतिबन्ध लगाएता पनी अझै १० प्रतिशत मेकानिकहरुलाई यस विषयमा जानकारी नभएको र यसका आयातका कारण स्वास्थ्य जन्य समस्या र वातावरणमा प्रदुषण हुदै आएको जानकारी पनी दिनुभयो।

कार्यक्रममा प्रस्तुती दिदै ख्वप कलेजका रुविना सुवालले नेपाली बालबालिकाहरुले औधी रुचाउने विभिन्न १५ ब्राण्डका चाउचाउमा लेड (सिसा)को मात्रा पाएको जानकरी दिनुभयो । उहाँले विश्व स्वास्थ संस्थाले लेडको मात्रा ०.०२५ मिलि ग्राम पर के.जी. सम्म मात्र हुन पर्ने भनेतापनी नेपालमा पाइने चाउचाउमा लिड (सिसा) को मात्रा १.६९८१ मिलि ग्राम पर के.जी. सम्म पाइएको छ भन्दै निरन्तर शेवन गर्दा बालबालिकाहरुमा दिर्घकालिनरुपमै शारीरीक, मानसिक र बौधिक असर देखिने जानकारी दिनुभयो ।

सफेडका कार्यक्रम अधिकृत सुमिन महर्जनको अध्ययन अनुसार काठमाण्डौ उपत्यकाको ठिमी, खोकना, कीर्तीपुर, हरिसिद्धि र कालिमाटि तरकारीमा विषादीका मात्रा बडेको बताउनु भयो । यस क्षेत्रमा उतपादन, आयात, विक्रिवितरण र उपभोग हुदै आएको २० प्रकारका तरकारीहरुको प्रयोगशाला परीक्षण गर्दा विषादीहरुको अत्यधिक अवशेष पाईरहेका र यसको प्रयोजनबाट स्वास्थ्य र वातावरणीय समस्याहरु उत्पन्न हुन देखिएको प्रस्तुतीकरण महर्जनले दिनुभयो ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. बुद्धी सागर पौडेलले आजको दिनमा विश्व भरी हावा , पानी, रुखको विषयमा छलफल भइरहेको समयमा वातावरणमा रहेका रासायन एक महत्वपुर्ण विषय रहेको र विभागले पनि यस विषयमा विभिन्न अनुसन्धान गरी रहेको र यस कार्यक्रमको निश्कर्षलाई आगामी अनुसन्धानहरुमा प्रयोग गर्ने बताउनु भयो ।