आइसोलेसन बाटै कोरोना जितेर फर्किनेलाई फुलमाला

जुम्ला ः जुम्लाको कनकासुन्दरी गाउँपालिकाले आइसोलेसन बसेर कोरोना जितेर फर्किनेलाई फुलमाला लागाएको छ । कोरोना संक्रमित भएर संस्थागत आइसोलेसनमा बसि निको भएका संक्रमितलाई फुलमाला लगाएर घर फर्काएको हो । हाडसिँजा स्वास्थ्य चौकीको आइसोलेसनमा रहेका १९ जना संक्रमित निको भएपछि घर फर्काएका हुन । आइसोलेसनमा जाँदा निकै निराश र भारी मन लिएर गएका संक्रमित निको भएर फर्किदा निकै उत्साहित थिए ।स्वास्थ्यचौकीले निको भएका संक्रमित सबैलाई फुलमाला लगाईदिसकेपछि उनीहरुले भने,‘कोरोना लागेको थाहा पाउँदा जति दुखि थियौँ । निको भएर घर फर्कना पाउँदा उति नै खुसि छौँ । ’
गलामा फुलमाला र अविरको टिका लगाएर घर फर्कदा संक्रमित निकै खुसि थिए । हाँडसिंजा स्वास्थ्य चौकीका इन्चार्ज वीरेन्द्रप्रसाद उपाध्यायले भने , एकै पटक १९ जनाले कोरोना जित्नु सामान्य नभएको बताए । उनले भने ,जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको टोली पुगेर संक्रमितलाई एन्टिजेन परिक्षण गर्दा रिर्पोट नेगेटिभ आएपछि घर फकाइएको हो । इन्चार्ज उपाध्यायले भने‘घर पठाएकालाई अझै पनि घरमा १ साता होम आइसोलेसन बस्न सुझाएका छौँ । उनीहरूको मनोबल उच्च बनाउन हौसलास्वरूप फूलमाला लगाइदिएका हौँ । यो कार्यले उनीहरुमा उत्साह मिलेको छ । ’

संक्रमित सहित उनीहरूको घरपरिवार, छरछिमेकमा सम्पर्कमा रहेका ८६ जनालाई कन्ट्याक टे«सिङ एन्टिजेन परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । संक्रमित उच्च मनोबलका साथ अघि बढेको खण्डमा कोरोना सहजै रुपमा जित्न सकिन्छ भन्ने उदाहरण भएको बताए । कनकासुन्दरीभित्र विभिन्न बस्तीमा अब ११ जना संक्रमित होम आइसोसनमा छन् । उनीहरु सबै स्वास्थ्यकर्मीको उच्च निगरानीमा छन । संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेकाले निको हुने उनले बताए ।
कनकासुन्दरी गाउँपालिकाले कोटघर स्वास्थ्य चौकीमा २५ बेड र हाँडसिंजा स्वास्थ्य चौकीमा २५ बेड गरी ५० बेडको आइसोलेसन कक्ष सञ्चालनमा ल्याएको थियो । संगै ५ बेडको कोभिड अस्पताल पनि सञ्चालनमा छ ।

सम्बन्धित समाचार