स्वास्थ्यकर्मीलाई होसियारीपुर्वक जिम्मेवारी निर्वाह गर्न ः पुर्वमन्त्री भण्डारीको आग्रह

जुम्ला ः कर्णाली प्रदेशका सांसद तथा पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले स्वास्थ्यकर्मीलाई होसियारीपुर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन । उनले जुम्ला र कालिकोट सिमानामा रहेको हेल्थ डेस्ककोमा कार्यरत स्वास्थ्यकर्मीलाई यस्तो आग्रह गरेका हुन । सुर्खेत देखि गृहजिल्ला जुम्ला फर्कदैँ गरेका पुर्वमन्त्री भण्डारीले हेल्थ डेस्कको अनुगमन गरेका हुन ।

पुर्व कानुनमन्त्री भण्डारीले सुर्खेत देखी जुम्ला आउने क्रममाजुम्ला र कालिकोट सिमानामा रहेको हेल्थ डेस्क अनुगमन गरेका हुन । उनले अनुगमनका क्रममा सिमानामा देखिएको भिडभाड र चेकजाँचको अवस्थाका बारेमा जानकारी लिएका थिए । अहिले ,‘जिल्लाबाहिरबाट आउने क्रम बढ्दो छ । होसियारीपुर्वक जिम्मेवारी निर्वाह गर्नुहोला ।

बर्षा र पहिरोको जोखिम संगसंगै भएकोले सुरक्षित भएर काम गर्नुहोला । ’ प्रवेशद्वारमा हेल्थ डेक्स स्थापना हुनु राम्रो कार्य हो,मन्त्री भण्डारीले भने,‘अब चेकजाँचमा कडाई गर्न जरुरी छ । मुगु,जुम्ला र कालिकोटको बीचमा राखिएको यो हेल्थ डेस्कले राम्रो काम गर्नेछ ।

’यो डेस्कले स्वदेश तथा विदेशबाट फर्किएका जुम्लाबासीको एकिन तथ्यांक संकलन गरेर निगरानी गर्न सहज हुनेछ ।सिमानमा प्रवेश गर्ने वित्तिकै कडा रुपमा निगरानी गर्नुपर्ने उनले बताए । कोरोना संक्रमणदर बढेको भन्दै जुम्ला कालिकोटको सिमाना नाग्म बजारमा हेल्थ डेस्क स्थापना गरिएको छ । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जिल्लाबाहिरबाट जुम्ला प्रवेश गर्नेहरुको चेकजाँचका लागि हेल्थ डेस्क स्थापना हो । मन्त्री भण्डारीले भने , सबै मिलेर कोरोना भाइरस संग लड्नु पर्ने अहिलेको आबश्यकता छ ।