समयमै एम्बुलेन्स नपठाउँदा बिरामीको मृत्यु भएको भन्दै आफन्त आन्दोलित

सल्यान : स्वास्थ्यकर्मीले समयै एम्बुलेन्स नपठाउँदा बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले आन्दोलन गरेका छन्।बनगाड कुपिण्डे नगरपालिका-१ सल्लीबजारका एक स्थानीयको गएराति मृत्यु भएपछि आफन्तले आन्दोलन गरेका हुन्।

स्वास्थ्यकर्मीलाई कारबाही नगरेसम्म आन्दोलन गरिरहने उनीहरूले अडान कसेका छन्। आन्दोलनकारीले अहिले नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखको घर घेरा हाली आन्दोलन गरिरहेका छन्।

उता स्वास्थ्यकर्मी बासु पोख्रेलले आफूलाई साढे ३ बजे फोन आएको र ४ बजे ल्याउँदा एम्बुलेन्सभित्रै मृत्यु भएका बताएका छन्। फोन गरेको आधा घण्टामा नै एम्बुलेन्सभित्रै उनको मृत्यु भएपछि स्वास्थ्यकर्मीको कसरी कमजोरी हुन्छ भनी प्रश्न गरे।

स्वास्थ्यकर्मीको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले अहिलेसम्म शव बुझेका छैनन्। शव एम्बुलेन्समा नै छ। उनको एन्टिजेन परीक्षण गर्दा कोरोना नेगेटिभ आएको थियो। थाहाखवर