सबै भन्दा पहिले महामारीबाट नागरिक बचाउनु पर्छ ः प्रजिअ थापा

जुम्ला ः जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले,महामारी बाट नागरिक बचाउन अहिलेको आबश्यकता रहेको बताए । उनले भने, ’अहिले बिकास निमार्ण भन्दा पनि नागरिकलाई रोग र भोगबाट बचाउने पहिलो प्रथामिकता हो । जुम्लालाई कोरोनामुक्त जिल्ला बनाउन चिन्ता र चासोका साथ लाग्नुपर्छ ।नत्र कोरोनाबाट जुम्ला सुरक्षित रहन सक्दैन । प्रजिअ थापाले भने , तर नगरपालिका भित्र ,मापदण्ड सहितको आइसोलेसन अनिवार्य बनाउनुपर्छ ।यो अहिलेको आवश्यकता पनि हो । ’ उनले ,होम आइसोलेसनले संक्रमण तीब्र रुपमा फैलदो क्रममा रहेकोले संस्थागत आइसोलेसन बनाउनु पर्नेमा जोड दिए । जिल्लामा बनेका आइसोलेसन प्रयोगमा ल्याउनुपर्ने र नबनेको स्थानीयतहमा संस्थागत आइसोलेसन बनाउनु पर्ने अहिलेको आबश्यकता छ ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले नागरिकलाई कोरोनाको महामारीबाट बचाउन भारत तथा अन्य जिल्लाबाट भित्रिने व्यक्तिहरुको अनिवार्य आरडिटी परिक्षण गरिने बताए । आरडिटी परिक्षण गरेर मात्र जिल्ला प्रवेश गर्ने व्यवस्था मिलाउन कोभिड १९ संकट व्यवस्थापन केन्द्र लागि परेको छ ।

त्यसका लागि सबै तहतप्का बाट सहयोगको खाँचो छ । उनले भने,‘जिल्ला बाहिरबाट आउने हरेक व्यक्तिको उच्च निगरानी राख्दै संक्रमित हुन सक्ने आशंका देखिएको खण्डमा सिधैँ आइसोलेसनमा पठाउने व्यवस्था भएको खण्डमा हामी कोरोनाको लडाइ जित्न सक्छौ । कोभिड १९ रोकथाम र नियन्त्रणमा हामी निरन्तर लागि रहेका छौ, प्रमुख जिल्ला अधिकारी थापाले भने,‘यो महामारीसँग लड्न सबै स्थानीय तह,संघसंस्था तथा निकाय र नागरिक समेत थप संवेदनशील र जिम्मेवार वन्ने समय आएको छ ।बेलैमा सचेत बनौ । घरमा बसौ । सुरक्षित बनौ ।’ त्यस्तै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जिल्ला स्थित गैरसरकारी संस्थाले कोभिड रोकथाम तथा नियन्त्रणका लागि गर्न सक्ने आवश्यक सहयोगको अनुमानित लागतको विवरण तीन दिन भित्र डिसीसीएमसीलाई पेस गर्ने निर्णय भएको बताए । यो समयमा सबै हातेमालो गरेर अघि बढेको खण्डमा कोरोना जीत्न सकिन्छ । ’

कोभिडका कारण रोजगारी गुमेका अतिविपन्नलाई दिने राहत एकद्धार प्रर्णालीबाट वितरण गर्ने समेत निर्णय भएको प्रमुख जिल्ला अधिकारी थापाले बताएका छन ।उनले ,आगामी दिनमा हुन सक्ने मानविय क्षति र जिल्लाको स्वास्थ्य पूर्वाधार कमजोर हुँदा कडा निषेधाज्ञा जारी गर्नपरेको हो,प्रजिअ थापाले थपे,‘अत्यावश्यक बाहेक घर बाहिर ननिस्कौँ । घर बाहिर निस्किनु परेमा अनिवार्य मास्कको प्रयोग गरौ ।

दुई मिटर सामाजिक दुरी पालना गरौ । बेला बेला सेनिटाईजर वा साबुन पानीले हात धुने गरौ । यही नै कोरोना संक्रमण फैलन नदिने एकमात्र उपाय हुनेछ । ’संकटको बेला अनुशासन प्रदर्शन गरेको खण्डमा भोलिका दिन सुखद हुनेछन, प्रजिअ थापाले भने,‘सबै सचेत बनौँ । आफू बाँचौ र अरुलाई पनि बचाऔँ । स्वास्थ्य सुरक्ष मापदण्डको पुर्ण पालना गरौँ । उनले कोभिड १९ संकट व्यवस्थापन केन्द्रको निर्णयको पालना गर्न सके कोरोना संक्रमण दर घट्न सक्ने बताए ।