होमआइसोलेसनको बाहाना नगरौ ःसंस्थागत आइसोलेसन बनाउ

दिलमाया शाही
जुम्ला ःकोरोना संक्रमित होमआइसोलसनमा बसेर संक्रमणको दर उच्च बढेको भन्दै तत्काल संस्थागत आइसोलेसन बनाउन सरोकारवालाहरुले सुझाब दिएका छन । संक्रमित होमआइसोलसनमा बसाल्ने बाहानामा जुम्लामा जोखिम बढेको भन्दै चन्दननाथ नगरपालिकालाई तत्तकाल संस्थागत आइसोलेसन बनाउन सरोकारवालाहरुले सुझाब दिएका हुन ।अहिले यहाँका अधिकांस संक्रमित होमआइसोलेसनमा नाममा घरमै बसेका छन ।कोरोना रोकथाम र नियन्त्रण गर्न प्रभावकारी समन्वय र सहयोगको बिषयमा छलफल गर्न आयोजित बैठकमा होमआइसोलेसनका कारण जुम्लाका कोरोनाको उच्च जोखिममा रहेको निस्कर्ष निकालिएको छ ।

संविधान सभा सदस्य ललितजङ शाहीले भने , होम आइसोलेसनको बहाना छोडौ , तत्काल संस्थागत आइसोलेसन बनाउ , । उनले होम आइसोलेसनको बहानामा संक्रमति घरमै बस्दा संक्रमण फैलिएको बताए । उनले भने,‘ हाम्रो जस्तो संरचना भएका घरमा होम आइसोलेसनको निती ल्याउनु राम्रो कुरा होइन। उनले थपे ,तत्काल जुम्लाका सबै स्थानीयतहले संस्थागत आइसोलेसन बनाउनु पर्छ ।संविधानसभा सदस्य शाहीले चन्दननाथ नगरपालिकाको संक्रमणदर उच्च रहेको र संस्थागत आइसोलेसन बनाउन आनकानी गरेको देखिएकोले यथासिघ्र संक्रमण रोक्न संस्थागत आइसोलेसन बनाउन सुझाव दिए । उनले नागरिकको ज्यानमा खेलवाड नगर्न आग्रह समेत गरेका छन।

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले संस्थागत आइसोलेसन निर्माणका लागि अन्य स्थानीय तह भन्दा नगरपालिकालाई जोड दिनुपर्ने बताए । उनले नगरपालिकामा जनघनत्व बढि भएको र भिडभाड बढि हुने क्षेत्र भएकोले सक्रमण दर पनि उच्च नै छ । प्रमुख सार्कीले भने,‘ बरु संस्थागत आइसोलेसन निर्माणका लागि संघीय तथा तथा प्रदेश सरकालाई बजेट व्यवस्थाको लागि आग्रह गरौँला ।

त्यस्तै चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले नगरको आवश्यकता अनुसार संस्थागत आइसोलेसन बनाउने प्रक्रिया दिइन। उनले भनिन्,‘अब संस्थागत आइसोलेसन बनाउन जुट्छौँ । सबैले साथ र सहयोग गर्नुहोला । ’ उनले भनिन , चन्दननाथको दानसाँघु र उमगाडमा शवघाट बनाउने बिषमा नगरपालिकामा छलफल गर्नेछौ । कोरोना रोकथाम र नियन्त्रण गर्न प्रभावकारी समन्वय र सहयोगको बिषयमा छलफल गर्न आयोजित बैठकले जुम्लाको चन्ददनाथ नगरपालिकाको उमगाड र दानसाँघु क्षेत्रमा शवघाट बनाउने निणय समेत भएको छ । जसका लागि चन्दननाथ १ र चन्दननाथ ९ वडा कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको हो ।

यसअघि जुम्लामा शवघाटको अन्यौलताले संक्रमितको मृत्यु भएको खण्डमा कहाँ लैजाने भन्ने समस्या थियो । अब त्यो समस्या यो निर्णय भइसकेपछि समाधान भएको छ ।बैठकले चन्दननाथ नगरपालिकाले तत्काल उद्योग वाण्ज्यि संघको हलमा आवश्यकता अनुसार संस्थागत आइसोलेसन तयार गर्ने निर्णय गरेको छ । उद्योग बाणिज्य संघ जुम्लाले संस्थागत आइसोलेसन निर्माणको लागि हल खाली रहेको यसअघि बसेको डिसीसीएमसीको बैठकमा जानकारी गराएको थियो । अब त्यो हलमा चन्दननाथ नगरपालिको संस्थागत आइसोलेसन बनाउने भएको छ ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जिल्ला स्थित गैरसरकारी संस्थाले कोभिड रोकथाम तथा नियन्त्रणका लागि गर्न सक्ने आवश्यक सहयोगको अनुमानित लागतको विवरण तीन दिन भित्र डिसीसीएमसीलाई पेस गर्ने निर्णय भएको बताए । उनले भने,‘कोरोना कहरको बेला सबै एक भएर एकद्धार प्रर्णाली बमोजिम काम गर्नु पर्ने अवस्था छ । उनले ,कोभिडका कारण रोजगारी गुमेका अतिविपन्नलाई दिने राहत एकद्धार प्रर्णालीबाट वितरण गर्ने समेत निर्णय भएको बताएका छन ।