मृतकको संख्या बढे ,घरघरमा लिएर दाहसंस्कार गर्न सकिने अवस्था रहँदैन ः गणपति रायमाझी

दिलमाया शाही
जुम्लाः कोरोना संक्रमित उपचारको क्रममा मृत्यु हुनेको सख्या बढेमा घरघरमा लिएर दाहसंस्कार गर्न सकिने अवस्था नरहने नन्दबक्स गणका गणपति दिवाकर रायमाझीले बताए । उनले भने ,शवघाट व्यवस्थापन स्थल छनौट भएको अवस्था छैन । कालिकोट तिलागुफा ४ का ६४ वर्षीय सिंहबहादुर शाहीको कोरोना संक्रमणका कारण जेठ २ गते मृत्यु भयो। कोरोना संक्रमण देखिएपछि वैशाख २२ गते उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना गरिएको थियो ।उपचार गर्दा गर्दै शाहीको मृत्यु भएपछि मृतकको शवलाई नेपाली सेनाको शव व्यवस्थापन टोलीले आफन्तको माग अनुसार गाउँमै लिएर शव व्यवस्थापन गरेको उनले बताए ।

केस पहिलो भएकोले गाउँमै लिएर दाहसंस्कार गर्न सकिएको हो, रायमाझीले भने ,मृर्तकको संख्या बढेको खण्डमा सबैको घरघरमा लिएर दाहसंस्कार गर्न सकिने अवस्था रहँदैन। यसका लागी चन्दननाथ नगरपालिबकाले समयमै सबैको पायक पर्ने स्थानमा शवघाट तोक्न जरुरी रहेको छ। गणपति रायमाझीले मंगलबार प्रशासनमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकमा शवघाटका विषयमा छलफल गरेका हुन । उनले थपे ,हामीले शब घाटका बिषयमा पटकपटक छलफल गरेका छौ ,तर शब ब्यवस्थापनको लागी स्थल छनौट हुन नसक्नु दुःखद कुरा हो ।

कर्णाली प्रतिष्ठानमा पहिलोपटक कालिकोटका संक्रमितको मृत्यु भएपछि शव व्यवस्थापन गर्न तिलागुफा १ नाग्म पुग्नुपर्ने बाध्यताको स्मरण गर्दै रायमाझीले शव व्यवस्थापनका लागी शव घाट निकै महत्वपुण भएको बताए । नन्दबक्स गण जुम्लाको शव व्यवस्थापन टोली संगै शवघाटको सुपरिवेक्षणका लागि गणपति दिवाकर रायमाझी पनि शवघाट स्थलमा पुगेका थिए। उनले भने,‘जुम्लामा पहिलो संक्रमित भएकोले आफन्तको आग्रहमा उनीहरुले तयार गरेको घाटमा पुर्याएर दाहसंस्कार गरियो। अब त्यो सम्भव हुँदैन।

जुम्लामा एक शव व्यवस्थापन स्थलको छनौट हुन आवश्यक छ।’ मंगलबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकमा शव व्यवस्थापन स्थान छनौटका बारेमा नगरपालिकालाई अनुरोध गर्ने निणर्य गरको छ । नगर पालिकाले छलफल गरी शबघाट टुंगो लगाउने भएको छ । यति समयमै शब ब्यवस्थापन स्थल नतोकीय जुम्ला जिल्लामा संक्रमितको मृत्यु भएको खण्डमा व्यवस्थापन गर्ने शवघाट छैन।

अहिले सम्म स्थानीयतहले शवघाटका विषयमा तदारुकता देखाएका छैनन्। गाडीको पहुँच भएको र शव व्यवस्थापन गर्न सहज हुने ठाउँमा शवघाट बनाउनु अहिलेको आवश्यकता हो। जुम्लाको एक नगरपालिकासहित ७ वटै गाउँपालिकामा शवघाट छनौट हुन सकेको छैन। पछिल्लो समयमा कोरोना संक्रमितको संख्या बढ्दै गर्दा शवघाट तत्काल छनौट गर्नु पर्ने देखिन्छ। केन्द्र सरकारले पायक पर्ने ठाउँमा शवघाटको व्यवस्थापन गर्न निर्देशन दिइसकेको छ। तर शवघाट तोक्ने निर्णय जुम्लामा हुन सकेको छैन।

सम्बन्धित समाचार