कालिकोटका एक जनाको जुम्ला अस्पतालमा मुत्यु

दिलमाया शाही
जुम्ला – कालिकोटका एक जनाको जुम्लामा अस्पतालमा मुत्यु भएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कालिकोटका एक संक्रमितको मृत्यु भएको हो । जुम्ला अस्पतालमा कोरोना संक्रमणले मृत्यु भएको यो पहिलो घटना हो । जुम्ला अस्पतालमा हालसम्म कोरोनाका बिरामीको मृत्यु भएको थिएन । प्रतिष्ठानको आईसियूमा रहेका कालिकोट तिलागुफा नगरपालिका – ३ का ६७ वर्षीय सिंहबहादुर शाहीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक नविन थापा मगरले बताए । उनले भने, ‘उनको उपचारको क्रममा मृत्यु भएको हो ।” जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईलेका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिंहको उपचारको क्रममा मृत्यू हुने कोरोना संक्रमित पहिलो विरामी हुन । कर्णाली प्रतिष्ठानमा पिसिआरबाट संक्रमित हुनेको संख्या दुई सय १० जना पुगेको छ । अहिले २७ जना विरामी भर्ना गरिएको मेडिकल रेकडर मेघराज बुढाले बताए । प्रतिष्ठानमा अहिले हुम्लाबाट एक जना र कालिकोटका एक जना विरामीको समेत उपचार भईरहेको छ ।