मासिक ९५ हजार भाडा तिर्ने गरी उद्योग वाणिज्य संघले ल्यायो कोभिड एम्बुलेन्स

दिलमाया शाही
जुम्ला –जुम्लामा पनि कोरोना संक्रमण तिव्र गतिमा फैलिएको छ । कोभिड संकटलाई मध्यनगर गर्दै उद्योग वाणिज्य संघ जुम्लाले कोभिड एम्बुलेन्स प्रयोगमा ल्याएको छ ।बैशाख २६गते कार्यसमितिको बैठक बसी कोरोना माहामारीको बेला कोभिड बिरामीलाई निःशुल्क ओसारपसार गर्नेका लागि कोभिड एम्बुलेन्स सञ्चालन गर्ने निर्णय भए अनुसार कोभिड एम्बुलेन्स सञ्चालमा ल्याएको उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रजबअलि मनियारले बताए । उनले भने ,‘प्रोइभेट गाडी मासिक ९५ हजार खर्च गर्ने गरेरभाडामा लिएर कोभिड एम्बुलेन्स प्रयोगमा ल्याएका छौँ । अहिले एक महिनाको लागी सञ्चालन गर्ने भनेका छौ । ’उनले भने, ‘पछि अवस्था रहेर अर्काे महिना पनि एम्बुलेन्स सञ्चालन ल्याउने तयारी पनि गरेका छौँ ।’
अध्यक्ष मनियारले भने ,उद्योग वाणिज्य संघको भवनमा आइसोलेसन बनाउने दिने पनि निर्णय गरिएको भएको छ । ‘आइसोलेसन बनाउनका लागि जिल्ला कोभिड संकट व्यवस्थापन समिति, स्थानीय प्रशासन र चन्दनाथ नगरपालिकालाई जानकारी दिएका छौँ । तर अहिलेसम्म आइसोलेसन भने बनाएको छैन ।,’उनले भने । एम्बुलेन्स सेवाका लागि कार्यालयको फोन नम्बर ०८७ ः ५२००३८ सहित ९८४८३०५५७९, ९८५८३२०२५२, ९८५८३२२३३१, ९८५८३२०१३३, ९८४८३००४६३ फोन नम्बरमा सम्र्पक गर्न आग्रह गरिएको छ । संस्थागत आइसोलेसन नभएका कारण अहिले कोभिडका विरामी होमआइसोलेसनका नाममा घरघरमा बसेका छन् । यस ले गर्दा नगरपालिकाकामा कोरोनाका बिरामी दिप्रतिदिन बढीरहेका छन । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले भने यहाँका होमआइसोलेसन सुरक्षित छैन । यहाँको चन्दननाथ नगरपालिकाले आइसोलेसन बनाउनु पर्ने हो । उद्योग बाणिज्य संघले हाम्रो भवन बनाउन भन्दा पनि बनाएको छैन ।

 

सम्बन्धित समाचार