पत्रकार महासंघद्धारा संचारगृहलाई स्वास्थ्य सामाग्री वितरण

नेपाल पत्रकार महासंघ शाखा जुम्लाले जुम्ला स्थित संचारगृहलाई स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवशको अबसरमा दोस्रो लहरको कोरोना संक्रमणबाट पत्रकारहरु सुरक्षित रहुन भन्ने मनसायले स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरिएको हो ।
जुम्लामा रहेका कर्णाली पोष्ट दैनिक, कर्णाली सरोकार दैनिक,माउण्टेन दैनिक पत्रिका, रेडियो कर्णाली,रेडियो नारी आवाज,रेडियो खुला आकाश लगायतका संचारगृह तथा राष्ट्यि स्तरमा काम गर्ने पत्रकारहरुलाई समेत स्यानिटाईजर मास्क वितरण गरिएको महासंघका अध्यक्ष नेत्रहादुर शाहीले बताउनुभयो ।

प्रेस स्वतन्त्रता दिवशको शुभकामना सहित दैनिक रिपोटिङमा खटिने स्थानीय तथा रािष्ट्ष् स्तरका संचारकर्मी पत्रकाहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न संक्रमणबाट जोगिन समेत अध्यक्ष शाहिले आग्रह गर्नुभएको छ ।

जोखिम मोलेर पनि समुदाय सूचना प्रवाह गर्न पत्रकारहरुको भुमिका महत्वपुर्ण रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न समेत सुझाब दिनुभयो । महासंघले जुम्ला स्थित पत्रकाहरुको सुरक्षाका लागि विभिन्न निकाय संग समन्वय गरी भोलीका दिनमा पनि स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराउने बताइएको छ ।

भने पत्रकार महासंघमा आउने पत्रकारहरुलाई पनि ज्वरो थाप्ने मेसिन, मास्क तथा स्यानिटाईजरको व्यवस्था गरिएको छ । दोस्रो लहरको कोभिड संक्रमणबाट जोगिन जिल्ला जनस्वास्थ्य कार्यालय संगको समन्वयनमा पहिलो पटक पत्रकारहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराइएको हो । थप स्वास्थ्य सामाग्री जुटाउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,अन्य स्थानीयतह संग समेत समन्वय गरिने भएको छ ।

सम्बन्धित समाचार