सांसद महत,राहत लिएर पुगे ,अग्नीपीडितका गाउँ


दिलमाया शाही
जुम्लाः जुम्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महत राहत लिएर मुल्लीगाउँ पुगेका छन। महत , आगो लागेर घर खरानी भएका मुल्लीगाउका अग्नी पिडितलाई मलम लागाउन राहत लियर पुगेका हुनु । तिला गाउँपालिका ९ ढिपुको मुल्लीगाउँका अग्नी पीडितलाई राहत लिएर ढिपु गाउँमा पुगे पछि अग्नी पिडित हर्षित भएका छन । उनले २९ पुर्णरुपमा क्षति भएका र १५ जना आंशिक क्षेति भएका अग्नीपीडितका लागि राहत स्वरुप चामल लिएर गाउँमा पुगेका हुन । एक सय ३० बोरा चामल अग्नी पीडितका लागि राहत बाँडेको सांसद महतले बताए । उनले , अन्नपात जलेर सखाप हुनु, निकै दुखद बिषय हो तर बिचलित नहुन उनिहरुलाई सुझाए । उनले भने ,तपाइको साथमा हामी छौँ । ’सांसद महतले सांसद विकास कोषको आगामी बर्षको बजेट बाट घर पुर्ननिर्माणका लागि ८० हजार रुपैयाँ देखि एक लाख रुपैयाँ सम्म सहयोग गर्ने बताए । उनले थपे ,ढिपु गाउँसंग भावनात्मक संम्बन्ध छ । भावना पछि मात्र राजनीति हुन्छ । जन्मने वित्तिकै पार्टी ल्याएर आउदैनौँ । भावना ल्याएर आउँछौ । पहिलो कुरा भावनात्मक सम्बन्ध स्थापित गर्न चाहन्छौ । त्यसपछि राजनीतिका कुरा गरौँला,सांसद महतले भने ,यो राजनीति गर्ने बेला होइन । राहतमा हातमाहात मिलाउने समय हो । सबै राहत तथा उद्धारमा जुट्न अनुरोध गरे ।

’जनयुद्धका समयमा तपाईको घरमा बसेका थियौँ । तितोमिठो जे छ खाएका थियौँ । यो कदापी बिर्षदैनौँ,उनले भने,‘ तर राहतमा राजनीति गर्दैनौँ । त्यस्तै नेकपा माओबादी केन्द्र जुम्लाका अध्यक्ष बीरबहादुर कुँवरले अग्नीपीडित सबैको मानसपटलमा रहेको बताए । उनले भने,‘ मुल्ली बस्ती आगोले नष्ट हुनु सबैको लागि दुखको कुरा हो । मुुल्ली बस्ती उतिबेला खेलेको बसेको र जोगिएको भुमि हो । तपाईहरुको दुखमा साथमा छौँ भनेर आएका छौँ । यो पटक सानो सहयोग ल्याएर आएका छौँ ।

तपाइहरुले बिगतमा गरेको सहयोग कहिले तिर्न सक्ने छैनौँ । ’हामी सहयोगी मन जुटाउँछौँ । सुखदुखमा साथ दिन्छौँ । पोखरी र ढिपुको अग्नीपीडितलाई आठबटै पालिकाबाट सहयोग संकलन गरिरहेका छौँ,उनले थपे,‘हिमा, तातोपानी र गुठिचौर गाउँपालिकाले एक एक लाख रुपैया सहयोग गर्ने भएका छन । आन्तरिक रुपमा राहत संकलन गरिरहेका छौँ । ’हामी राजनीति गर्न खोजिरहेका छैनौँ । ढिपु गाउँ संग माया र भावना जोडिएको छ । तपाइको काखामा सुत्यौँ । निरन्तर साथमा छौँ । मन दुखेको बेला निस्वार्थ भावनाका साथ सहयोग गर्नुपर्छ । जब दुख हुन्छ सहानुभुति दिने हो । राजनीति गर्ने होइन,’ अध्यक्ष कुँवरले भने ।
त्यस्तै पुर्व राज्यमन्त्री नेकपा कर्णाली प्रदेश सदस्य गोमा कुँवरले अग्नी पीडितका तत्कालिन समस्या हल गर्न सबै लागेको बताईन् । उनले ,हामीलाई राहत र सुविधा चाहिएको छ । सरकारले हेरेको छैन भन्ने गुनासो गर्नु भएन । तत्कालिन खानपिन र संरचना निर्माण गर्ने हो । उनले भनिन्,‘त्यसका लागि कर्णाली प्रदेश सरकार संग पहल भइरहेको छ । यो ढिपु गाउँ भनेको कतै न डगमगाएको गाउँ हो ।

हरेक काममा एक ढिक्का नै छ । कोही पुर्व र कोही पश्चिम नफर्किनुहोला । विकासको हिसाव र सांगठनिक हिसावले एक हुनुपर्छ । राहतका नाममा प्रलोभनमा फस्ने होइन ।’प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महत सहित नेकपा माओबादी केन्द्रका अध्यक्ष बीरबहादुर कुँवर,नेकपा कर्णाली प्रदेश सदस्य पुर्व राज्यमन्त्री गोमा कुँवर,पुर्णप्रसाद धिताल र तिला गाउँपालिका उपाध्यक्ष बिष्णु बुढा लगायतका जनप्रतिनिधिको सहभागिता थियो । गत चैत २१ गते आगो लागेर मुल्ली बस्ती आगो लागेर नष्ट भएको थियो ।आगलागीका कारण २९ घर पुर्णरुपमा नष्ट भएका थिए । १५ घरमा आंशिक क्षेति भएको थियो । सांसद महतको सोमबार तिला गाउँपालिका ७ गोठी गाउँमा राहत लिएर जाने कार्यक्रम रहेको छ । राहत संगै कोरोना भाइरस संक्रमण हुन नदिनको लागि सचेत पनि गराउदै आएका छन ।