जुम्लामा कोरोनाको जोखीम बढ्यो ,स्थानीयतह बेखवर

दिलमाया शाही
जुम्ला ः देशभर झै कोरोना भाइरसको दोस्रो लहर व्यापक रुपमा फैलिइरहेको अवस्था छ। यो महामारीको भयावह अवस्था जुम्लामा पनि आइसकेको छ ।तर यतिखेर स्थानिय तह वेखवर बनेका छन ।आफ्नो घर खर्च चलाउन भारत गएका स्थानीयवासी पनि घर फर्किंदैछन् । यतिखेर यहाँ भारतबाट घर फर्किनेको घुइँचो नै लागेको छ । भारतबाट फर्किनेहरु जुम्लामा छिरेपछि जोखीम बढेको छ ।जुम्लाबाट कति नागरिक रोजगारीका लागि भारत जान्छन् भन्ने यकिन तथ्याङ्क त कसै संग छैन । तर यहाँका करीब ६० प्रतिशत नागरिक भारत जाने गरेको स्थानीय जानकारहरुको भनाइ छ । भारतमा अहिले कोरोना भाइरसको महामारी निकै बढेकाले जुम्लाबासीको आफ्नो घर फर्किन थालेका छन । भारतबाट फर्कनेका लागी बाटोमा कुनै स्वास्थ्य जाँच या रोकावटको गरेको अवस्था छैन । यति मात्रैहोइन यहाँका स्थानीय तहले क्वारेन्टिनको व्यवस्था र कोरोना जाँचमा कुनै पहल समेत गरेको देखीदैन ।

कोरोनाको दोस्रो लहर चलेर १८ जना संक्रमित देखा पर्दा समेत जुम्लाका आठवटै स्थानीय तहमा क्वारेन्टिन या आइसोलेशन केही छैनन् । जुम्लाबासी यतिखेर त्रासमा छन । भारतबाट आउनेहरुबाटै महामारी सर्नसक्ने भन्दै स्थानीय नागरिक डराएका छन् । यहाँको स्थानीय प्रशासनले पनि यसमा कुनै पहल गरेको छैन । गत्त वर्ष निर्माण गरिएका क्वारेन्टिन र आइसोलेशन कक्षहरुको जतन नहुँदा भताभुङ्ग अवस्थामा छन् । यहाँको स्थानीय प्रशासन र प्रहरी भने ,स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन सचेतना दिदै सडकमा निस्किएको छ । प्रहरीले सदरमुकाम खलङ्गाका विभिन्न क्षेत्रमा पुगेर स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी दानबहादुर थापा बताउछन । उनले भने , नेपालगञ्ज, सुर्खेत ,लगायतका जिल्लामा कोरोना सङ्क्रमण उच्च रहेकाले समयमै जुम्लावासीलाई सचेत गरेका छौँ ।

कोरोना कसैलाई सोधेर नलाग्ने भन्दै कोराना लागेर उपचार खोज्ने या सतर्कता अपनाउने भन्दा पनि लाग्न नदिने उपाय अवलम्बन गर्नु बुद्धिमानीपूर्ण हुने छ भनी हामीहरुले नागरिकलाई सचेत गराउदै छौ ।”स्थानीय तहले महामारी शुरु भएको अघिल्लो वर्ष क्वारेन्टिन निर्माण गरेका थिए । तर अहिले कोरोनाको सङ्क्रमणलाई नियन्त्रण र रोकथामका लागि निर्माण गरिएको पुरानो संरचना सबै लथालिङ्ग हुँदा पनि हेर्ने सुरसारै नगरेको जुम्लावासीको गुनासो छ । स्थानियतहले कि पुरानो संरचनालाई जोगाएर राख्नुपथ्र्याे नत्र अहिले बनाउनुपर्छ भनेर आवाज उठाउनु पर्ने हो ,तर त्यो भएको छैन ।
अहिले कोरोना भाइरसको दोस्रो लहर आएकाले देशका धेरै क्षेत्रमा महामारी फैलिएको छ । कतिपय जिल्लाहरुमा निषेधाज्ञा लागू भएका समाचारहरु पनि आएका छन् । तर पनि जुम्ला जिल्लामा भने अहिले सम्म यसबारेमा केही सोचिएको छैन ।

स्थानीय तहका प्रमुखसँग यस विषयमा जिज्ञासा राख्दा बजेट अभाव भएको बताउने गरेका बताउदै आएका छन् । प्रहरीले २५ जनाभन्दा बढी भेला नहुन र सामाजिक तथा व्यक्तिगत दूरी कायम गरेर अघि बढ्न आग्रह गरिएको डिएसपी थापाले बताउछन । उनका अनुसार समयमै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरौँ, कोरोना भाइरसबाट आफू पनि बचौँ, अरूलाई पनि बचाऔँ भन्दै जिल्ला प्रहरी कार्यालय जुम्लाले प्रत्येक प्रहरी चौकीलाई हरेक दिन माइकिङ गर्दै पूरै बजार परिक्रमा गर्न निर्देशन दिईएको छ ।

वास्थ्यका मापदण्ड पालना नगर्ने स्थानीयवासीलाई कडा कारबाही गरिने चेतावानी पनि जिल्ला प्रहरी कार्यालय जुम्लाले जनकारी दिएको छ । घरबाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न, स्यानिटाइजर र साबुनपानीले राम्ररी हात धुन भन्दै सार्वजनिक रुपमा सबैलाई सचेत समेत गराएको छ । कोरोना भाइरसको लक्षण देखिने बित्तिकै नजीकैको स्वास्थ्य संस्था, आइसोलेशन श्यया तथा क्वारेन्टिमा सम्पर्क राख्न पनि सुझाव दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
 अस्थायी कोभिड अस्पतालमा अक्सिजनको अभाव
पहिले जिल्लाका आठवटै स्थानीय तहले पाँच श्ययाका अस्थायी कोभिड अस्पताल बनाएका थिए । अहिले ती अस्पतालमा नै आइसोलेशन सञ्चालन गरेका छन् । तर सो अस्थायी कोभिड अस्पतालमा अक्सिजनको अभाव रहेको बताइएको छ । कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याए पनि कार्यालय सहयोगी र स्टाफ नर्सको भरमा रहेका छन् ।यी अस्पतालहरुमा पनि आवश्यक मेडिकल अधिकृत वा चिकित्सकको अभाव छ । यहाँका स्थानीय तहले पटक पटक चिकित्सकको विज्ञापन आह्वान गरे पनि कसैको आवेदन नपरेको यहाँका स्थानीय तहका स्वास्थ्य शाखाले जनाएका छन् ।जुम्लामा कोरोनाको जोखिम दिन प्रतिदिन बढ्दै गएको छ ।

भारतबाट घर फर्किएकाहरु सिधै समुदायका व्यक्तिसँग घुलमिल हुने गरेका छन् । जिल्लामा १८ जना कोरोना सङ्क्रमित थपिएका छन् । उपचारका लागि आउने धेरै व्यक्तिले मास्कसमेत नलगाएको स्थानीयवासी बताउँछन् ।सार्वजनिक कुनै पनि ठाउँमा जाँदा सेवाग्राहीहरु तथा अन्य कर्मचारीहरु समेतले मास्कको प्रयोग नगरेको पाइन्छ । पहिला भारतबाट आएकाहरुलाई विभिन्न विद्यालयका क्वारेन्टिन र आइसोलेशन कक्षहरु बनाएर राख्ने गरेका स्थानीय तहहरुले यसपालि भने खासै चासो दिएका छैनन् ।

सम्बन्धित समाचार