सुर्खेतमा थप एक महिलाको मृत्यु

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा निर्देशनालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा कर्णालीमा ८ कोरोना संक्रमितको मृत्यु भएको छ । निर्देशनालयका अनुसार १६ गते चार र १७ गते चार गरी आठ कोरोना संक्रमितको मृत्यु भएको हो । आज शुक्रबार साँझ ७ः०० बजेको समयमा वीरेन्द्रनगर नगरपालिका १० की ३२ वर्षीय महिलाको उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रदेश अस्पताल सुखेतका सम्पर्क व्यक्ति के.एन. पौडेलले जानकारी दिनुभयो । अब कोरोनाबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ । नौ जना थपिएसँगै कर्णालीमा कोरोन संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको जनाईएको छ । यो घटनाले कर्णालीमा कोरोना संक्रमण भयावह अवस्थामा पुगेको यसमा अधिकतमरुपले सावधानी अपनाउन तथा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न  बैलाई कर्णाली प्रदेश सरकारले आग्रह गरेको छ ।

सम्बन्धित समाचार