तत्कालिन गाविस भवन गाईगोठमा परिणत, सदुपयोगमा आएन

दैलेख । दैलेखकोे ठाटीकाँध गाउँपालिका १ र ५मा रहेका पुराना गाविस तथा सरकारी भवन जीर्ण अबस्थामा छन् ।
शान्ति तथा पुनःनिर्माण मन्त्रालयको आर्थिक सहयोगबाट निर्माण गरिएका गाविस भवन यतिखेर गाई बाँध्ने गोठ भएका छन् ।
लालीकाँडा,खरिगैरा,तिलेपाटा,गमौडी,कट्टी, र लकान्द्र गरि ७ ओटा गाविस शान्ति तथा पुनःनिर्माण मन्त्रालयले आव ०६६र०६७ र ०६७र०६८ मा रू. १ करोड ४० लाखको लागतमा निर्माण गरेको जिल्ला प्राविधिक कार्यालय दैलेखले जानकारी दिएको छ ।
यसैगरी आव ०६८र०६९ पुसमा भवन निर्माणको काम पुरा नहुँदै काम सकिएको भनी झुटो प्रतिवेदन पेश गरि ठेकेदारले रकम भुक्तानी लिएका थिए ।
स्थानीय तह स्थापना भएसँगै लाखौं रकम लगानी भएको यी भवनहरु सदुपयोगमा नआउँदा जीर्ण हुँदै गएका छन् ।
ठाटीकाँध गाउँपालिका वडा नं. १ले एक बर्ष देखि स्थानीय व्यापारीको घरमा मासिक रू. रू.४ हजार ८०० भाडा तिरेर कार्यालय संचालन गर्दै आएको छ । यस्तै वडा नं.५ पनि विद्यालयको भवनमा संचालन हुँदै आएको छ ।
उक्त वडाले पनि मासिक रू.८ हजार भाडा तिरिरहेको छ ।
साविकको तोलिजैसी गाविस हाल दुई ओटा वडामा विभाजीत छ ।
बिचमा खोला पर्ने भएकोले दुई तिरको बिच भाग पर्ने स्थानमा रहेको उक्त भवनमा हाल कुखुरा पालन भइहेको छ । गाविस भवनका जग्गादाता ईन्द्र कठायतले तिन महीनादेखि उक्त व्यवसाय सञ्चालन गरेका छन् । ‘आफुले वडा कार्यालयबाट स्वीकृत लिएर मासिक रू.१ हजारका दरले गाउँपालिकालाई रकम बुझाउने गरी व्यवसाय संचालन गरिरहेको उनको भनाई छ ।
सो समयमा गाविस अध्यक्ष हाल कर्णाली प्रदेश सरकारका सभामुख राजबहादुर शाही थिए ।
साविक गाविस भवन नजिकै रहेकोे महिला विकास कार्यालयको भवन पनि जीर्ण छ । जिल्लाभर रहेका साविकका गाविस भवनहरु केहि प्रयोग अबस्थामा छन् भने अधिकांश जीर्ण अबस्थामा रहेका छन् ।
स्थानीय सरकारले भने हालसम्म पनि साविकका गाविस भवनबारे चासो देखाएका छैनन् ।

(अभियान डटकम डटएनपी बाट)

सम्बन्धित समाचार