दैलेखमा सिलाई कटाई एडभान्स तालिम सुरु

यामराज बिष्ट ।
दैलेख । दैलेखमा आजबाट बिभिन्न दुई वटा तालिमको शुरुवात गरिएको छ । नगरपालिका भित्रका बेरोजगार भएर बसेका युवा युवतीहरुलाई सिपयुक्त नागरिक बनाउने उदेश्यले सिलाई कटाई एडभान्स तालिम तथा ३ सय ९० घण्टे आधारभूत बागिना सिप मुलुक तालिम शुरु गरिएको छ ।
जिल्ला लघु उद्यमी विकास समिती शाखा कार्यालय दैलेखको आयोजनामा आईतबार देखि सञ्चालन हुने तालिमहरुमा नेपाली पोसाक दौरा शूरुवाल, कोट पाईन्ट सिलाउने सक्ने एडभान्स सिलाईकटाई र आधुनिक कृषि प्रणाली सम्बन्धीको बागिना सिप तालिमको आयोजना गरिएको हो ।
तालिमका लागी समन्वय तथा साझेदारी आर्थिक सहयोग नारायण नगरपालिका दैलेखले गरेको छ ।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अथिती ,नगर प्रमुख रत्न बहादुर खड्काले सिकेका सिपलाई व्यवहारमा लागु गर्न सके आफ्नै हित हुने भएकाले पुर्ण रुपमा सिप सिक्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।
तालिम उद्घाटनमा बोल्ने अधिकाशं बक्ताहरुले सिकेको सिप व्यवहारमा लागु गर्नुपर्नेमा जोड दिएका थिए ।

सम्बन्धित समाचार